नेभिगेसन मेनु

सोलुखुम्बुका याक मनाङ र मुस्ताङका किसानलाई
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-03 12:54

yak-handover-(1)

पुस १८ गते । गण्डकीमा याकको नस्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो ।

यसरी गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । मनाङका लागि नौ याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठसहितको टोली जिल्लामा पुगेको छ । मुस्ताङ पठाउने याकलाई निर्देशनालयको अर्को टोली पोखरा हुँदै त्यसतर्फ गएको छ । मुस्ताङका किसानलाई दश याक वितरण गरिँदै छ । 

किसानको पच्चिस प्रतिशत लागत साझेदारीमा ती याक वितरण गर्ने तयारी छ । वरिष्ठ पशु विकास अधिकृत डा श्रेष्ठ भन्नुहुन्छ, “उच्च नस्लका याकहरू मनाङ र मुस्ताङका कृषकलाई वितरण गर्न ल्याएका हौँ । हाडनाता प्रजननले यहाँका याकको नस्ल राम्रो छैन ।”

Yak-in-Snow

सरकारी मूल्य अनुसार बिसदेखि पच्चिस हजारमा ती याक किनिएको निर्देशनालयले जनाएको छ । यो कार्यक्रमका लागि यसपालि निर्देशनालयसँग बिस लाख बजेट छ । गएको पुस १२ गते सोलुखुम्बुबाट हिँडाइएका याक आज बल्ल जिल्लामा पुग्दै छन् । 

मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई ती याक वितरण गरिनेछ । मुस्ताङका लागि ल्याइएका याक हस्तान्तरण गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उन्नत जातका याकबाट नस्ल सुधारमा मद्दत पुग्ने र त्यसले हिमाली क्षेत्रका किसानलाई लाभान्वित हुने अपेक्षा गर्नुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर