नेभिगेसन मेनु

अभद्र व्यबहार गर्ने एकजना पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:12

uml-dhankuta

मंसिर २८ गते । नेकपा (एमाले) को संकल्प यात्रा धनकुटा आइपुगेको छ । बुधबार भोजपुर आएर बसेको टोली बिहीबार धनकुटा आइपुगेको हो । बिहीवार करिब ११ बजे अध्यक्ष केपी शर्मा ओलीसहितको टोली यहाँ आइपुगेको हो । 

लेगुवामा ज्येष्ठ नागरिक तथा कर्यकर्ता सँगको भेटघाटपछि यात्रा धनकुटाको पाख्रीबासतर्फ लागेको छ । कार्यक्रमलार्इ अवरोध गर्न खोज्ने एक ब्यक्तिलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्वागतको लाइनमा बसेका स्थानीय महेश राइले अभद्र ब्यहबार गर्न खोजेको भन्दै नियन्त्रमा लिएको धनकुटाको डिएसपी राजबाबु महर्जनले जानकारि दिनुभयो । 

यसैवीच पहिचानबादीले अवरोधन गर्न सक्ने भन्दै धनकुटाको सुरक्षा ब्यबस्था कडा बनाइएको प्रहरीले जनाएको छ । कार्यक्रमलार्इ अबरोध गर्न सक्ने भन्दै बुधबार लेगुवाबाट पहिचानवादी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर