नेभिगेसन मेनु

उग्रतारा मेलामा रतेडी र देहीजाँत
सम्पादक:南亚网络电视
समय:2023-11-28 17:35

ण

डडेलधुरा, मङ्सिर १२ गते । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला ‘देहीजाँत’ सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सोमबार रातिबाट रतेडी र मङ्गलबारबाट देहीजाँत लाग्ने छ । बिहान उग्रतारा भगवतीको विधिवत पूजाआजा सम्पन्न भएपछि दिउँसो मेला लाग्ने गर्छ । उग्रतारा मन्दिरका पुजारी लोकराज भट्टले अमरगढीका चार वटा गाउँबाट डोलीसहित देउरो र पूजापोखल मन्दिर पु¥याएपछि बिहान ४ बजेबाट पूजाआजा गरिने बताउनुभयो । 

अमरगढीको जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चारगाउँ ध्वजा, शङ्क, घण्टा, बिगुल, भोकर, चाँदी, पित्तल, सुनका आभूषणसहितको कलश र डोलीलाई दमाह, नरुसिङ्गा बाजागाजाका साथ देउरो मन्दिरमा ल्याइने गरिन्छ । बिहानको समयमा पूजाआजापछि देउताका धामीले काँप्दै भाकाबैजाली दिन्छन् । भाकल गरे अनुसार भक्तजनले विभिन्न पूजाआजाका सामग्री, सुन, चाँदी चढाउने परम्परा रहिआएको छ । मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकाली फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने प्रचलन रहेको पुजारी भट्टले बताउनुभयो । 

पछिल्लो दिन बेलुकी पूजा गरी चार वटै गाउँबाट ल्याइएको डोलीसहितका देउरा गाउँमै लगेर भ्रमणमा राखिए जात्रा सम्पन्न गरिन्छ । देहीजाँतका रूपमा चिनिने उग्रतारा मेलामा छिमेकी देश भारतबाट समेत श्रद्धालु पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । 

डडेलधुरा सदरमुकाम बागबजारबाट चार किलोमिटर टाढा रहेको उग्रतारा मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउने गर्छन् । किंवदन्ती अनुसार २५ सय वर्षपहिले अमरगढी नगरपालिकाको लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली अड्केर रगत बगेको थियो । 

सो रगत देखिएपछि देवी उत्पन्न भएर दर्शन दिएको र सोही  दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको छ । उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

सुन्दरपुरमा लवाङ्गी पूजा 

धनगढी समाचारदाताका अनुसार कैलालीको गौरीगङ्गा नगरपालिका–१०, सुन्दरपुरमा थारू समुदायको लवाङ्गी पूजा तथा पौराणिक सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही मङ्सिर १६ र १७ गते छैटौँ लवाङ्गी पूजा आयोजना हुने जनाइएको छ । परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारू गुरुवा बैदवा सेवा समिति, भलमन्सा समिति र देउथान व्यवस्थापन समिति गौरीगङ्गाको संयुक्त आयोजना हुन लागेको हो । 

लवाङ्गी पूजामा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको थारू गुरुवा बैदवा सेवा समितिका सचिव धनीराम चौधरीले बताउनुभयो । सो अवसरमा ढाक बजाउने, गुरुवा नाच, रातभरि देवताको फूलबार वाचन, पूजापाठलगायतका कार्यव्रmम हुने संयोजक दिनेश दहितले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर