नेभिगेसन मेनु

मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन (फोटोफिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-17 16:34

DSC_0061

मंसिर १ गते । मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरु आउनेगरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ । 

दसैैं–तिहार विदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउनेगरेका छन् । नेपालको साथै भारत र अन्य मुलुकबाट दैनिक रुपमा भक्तजन मन्दिर दर्शन गर्न आउनेगरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मौसम सफा भएकाले हिजोआज भक्तजनको संख्यामा निकै वृद्धि भएको छ ।’’ मन्दिर परिसरमा रहेका एक सय आठ धारा र दुई वटा कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । 

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय १० मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर