नेभिगेसन मेनु

कमला नदीमा भूतमेला
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-27 15:15

zscvbnfg

मङ्सिर ११ गते । प्रत्येक वर्ष पूर्णिमाको दिन धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदिमा लाग्ने मेलामा दर्शनार्थीरुको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा अनौठो खालको भूत ‘देवता’ मेला लाग्ने गरेका कारण मेलामा आउनेहरूको घुइँचो लागेको हो ।

मेलामा साधु सन्त, धामी झाँक्री, भगतालगायत सर्वसाधारण पनि मेलामा सहभागी हुन टाढा टाढाबाट आउने गर्छन् । धनुषा र सिरहाका गाउँ–गाउँबाट भगताहरु ‘घरको कुल देवता’ खेल्दै कमला घाटतर्फ जाने गर्छन् । पूर्णिमाको एक दिन पूर्व आइतबार हिँडेकाहरू राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।

कात्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास समेत रहेको छ । कमला नदीलाई गङ्गा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमाका दिन बिहान लाखौँ मानिस स्नान गर्ने गर्छन् । कमला स्नानलाई भूतलेमा भनिए पनि बुद्धिजीवी जानकारहरूले यसलाई भूतलेमा नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाईं (कुल देवता) अर्थात् देवता पितृ शुद्धि करणको लागि कमला स्नान गर्ने भएको हुँदा देव मेला भन्न आग्रह गरेका हुन् ।

प्रत्येक वर्ष लाग्ने कार्तिक पूर्णिमा स्नान र देवताहरूको मेलालाई मध्यनजर गर्दै धनुषाको जनक नन्दिनी गाउँपालिकाले दुई दिन र कमला नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । गाउँपालिका अध्यक्ष विपिनदेव यादवले सूचना जारी गर्दै ऐतिहासिक कमला स्नान र देवता मेलाको अवसरमा गाउँपालिकावासीहरूको सुविधासहित विभिन्न जिल्ला, स्थानबाट आउने श्रद्धालु भक्तजनहरूको सेवा सत्कारका लागि बिदा स्थानीय बिदा दिएको बताउनुभयो । गाउँपालिकाले गत वर्ष पनि दुई दिने बिदा दिएको थियो । 

यस्तै, कमला नगरपालिका प्रमुखले विश्वेश्वरप्रसाद यादवले कमलामा पूर्णिमा स्नान गर्न श्रद्धालु भक्तजनहरूलाई सेवा सुविधिका दिनका लागि पालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको बाउनुभयो । उहाँले कार्तिक पूर्णिमाको दिन मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिइएको बताउनुभयो ।

कमला नदीमा कमला स्नानको लागि लाखौँको सङ्ख्यामा विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर