नेभिगेसन मेनु

रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-09 16:02

resham-chaudari

कात्तिक २३ गते । रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगित परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतान्नुभएपछि मुद्दा स्थगित भएको उहाँको भनाइ छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिनुभएको थियो । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

गत जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि आज बिहीबारका लागि पेशी तोकिएको थियो ।

विसं. २०७२ भदौमा टीकापुरमा दुई वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले २०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर