नेभिगेसन मेनु

इटहरीमा हिन्दू परम्पराअनुसार साँढेको दाहसंस्कार, दर्जनौं मलामी
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-09-19 14:04

goru-malami

विराटनगर । इटहरीमा साँढे गोरुको हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । इटहरी १२ खनारमा साँढे गोरु मरेपछि मलामीसहित पुगेकाहरुले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो ।

केही समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे गोरु घाइते भएको थियो ।

घाइते भएको साँढे गोरुका उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए । घाइते साँढेको खनारका स्थानीय बासिन्दा र जनप्रतिनिधिले मिलेर साँढेको रेखदेख गर्दै आएका थिए ।

गाडीको ठक्करबाट कम्मर भाँचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए । उपचारकै क्रममा साँढेको मरेको हो ।

मानवको मात्र हैन हरेक प्राणीले ज्यान गुमाएपछि कम्तीमा उसको पनि सम्मान होस् भनेर मलामी सहित गएर साँढेको अन्त्येष्टि गरिएको इटहरी उपमहानगर पालिका १२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेलले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर