नेभिगेसन मेनु

श्रीलङ्कामा विशाल ढुंगामा ‘रावणको दरबार’
सम्पादक:南亚网络电视
लेखक:खबरहब
समय:2023-08-29 12:33

sigiriya_ZeUAjTVCwE

कोलम्बो– रावणको सुनौलो लङ्काको बारेमा धेरैले सुनेको कुरा हो । तर के तपाइँलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ?

यो दरबार देखेर तपाइँलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।

श्रीलङ्कामा सिगिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिँदै आएको छ । भनिन्छ, यस दरबारमा हजारौँ सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यतिबेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे। 

जुन चट्टानमाथि यो दरबार थियो, त्यो निकै ठूलो र भव्य पनि थियो। यो विश्वास गरिन्छ कि रावणको साम्राज्य बदुल्लादेखि मध्य श्रीलङ्काको अनुराधापुरा, क्यान्डी, पोलोनारुवा र नुवारा एलियासम्म फैलिएको थियो। यो दरबार कुबेरले बनाएको भनिन्छ ।

सिगिरिया चट्टानमा एक धेरै पुरानो दरबारको अवशेष छ। यहाँ सुदृढ टेरेस्ड बगैंचा, पोखरी, नहर, झरनाहरू रहेका छन्। भनिन्छ कि रावणले माता सीतालाई यस स्थानमा केही दिन मात्र राखेका थिए तर पछि उनलाई अर्को ठाउँमा सारिएको थियो । 

दरबारको भव्यताको बारेमा धेरै विशेष कुराहरू छन् तर सबैभन्दा विशेष भनेको पानीको व्यवस्था हो। धेरै उचाइमा भए पनि दरबारको पानीको व्यवस्था निकै राम्रो बनाइएको थियो, यहाँ रानीहरूका लागि बगैंचा पनि बनाइएको थियो ।

यो रावणको दरबारमा करिब एक हजार सिँढी थिए तर माथि जान लिफ्टको व्यवस्था थियो । श्रीलङ्काका स्थानीय सञ्चारमाध्यमहरूलाई विश्वास गर्ने हो भने रावणको शव रगेलाको जङ्गलमा करिब ८ हजार फिटको उचाइमा ममीका रूपमा राखिएको छ । 

मृत शरीरमा अनौठो लेप लगाइएको छ ताकि यो कहिल्यै बिग्रन नपरोस्। तर, यसको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर