नेभिगेसन मेनु

नेम्वाङको अन्तिम संस्कार बिहीबार गरिने, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-13 18:36

Subash-Nembang

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरको अन्तिम संस्कार बिहीबार गरिने भएको छ।  

बुधबार उहाँका छोराहरु विदेशबाट नेपाल आइपुगेपछि कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारमा लगिएको छ। निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ ।

图片_20230913161028

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर