नेभिगेसन मेनु

पुरानै धारमा फर्काएर कागखोलामा अस्थायी पुल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 13:12

Untitled-1

म्याग्दी, भदौ २६ गते । गत साउनको अन्तिममा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागखोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा ठुलो क्षति भएको थियो। खोलामा बाढी आएको झन्डै एक महिनामा कागखोलालाई पुरानै धारमा फर्काइएको छ। साउन २८ गते आएको बाढीले कागबेनी क्षेत्रमा निकै ठुलो भौतिक संरचनामा क्षति पु-याएको थियो। खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पु-याएको थियो। अहिले कागखोलालाई पुरानै धारमा फर्काएर पुरानै ठाउँबाट बगिरहेको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले झन्डै २० दिनसम्म डोजर लगाएर खोलालाई पुरानै धारमा फर्काइएको बताउनुभयो। उहाँले भन्नुभयो, “क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिइएको छ ।” बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग स्थानीय तहले पहल गरेको छैन। अहिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि रहेको र उनीहरूले नै अहिलेको अवस्थामा जिम्मेवारी लिएर काम गरिरहेको प्रजिअको भनाइ छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले साउन २८ देखि अवरुद्ध कागखोलामा अस्थायी काठको पुल बनाएर सवारी आवागमनको व्यवस्था मिलाइएको बताउनुभयो। बस्तीमा पसेको बाढी पन्छाउन डोजर परिचालन एवं स्थानीय तथा छिमेकीले स्वयम्सेवकका रूपमा काम गरिरहेको उहाँको भनाइ छ। घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो। स्थानीयवासीले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल निर्माण गरिएको उहाँको भनाइ छ। पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो 

हिँड्नुपर्ने बाध्यता हटेको छ। कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। कागखोलामा पुल बनेसँगै जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ।

विद्यालयका शिक्षक प्रेम गौतमले कागबेनीमा रहेको जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन भदौ १७ देखि सञ्चालनमा आइसकेको बताउनुभयो। बाढीले पाइपलाइन बगाउँदा अवरुद्ध भएको खानेपानी र २८ वटा पोल बगाउँदा अवरुद्ध भएको विद्युत् सञ्चालन भइसकेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर