नेभिगेसन मेनु

समायोजनको विरोध गर्दै विद्यालय बन्द
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-03 13:08

Untitled-2-Recovered (1)

सुलीकोट, भदौ १७ गते  ।  गोरखाको आरुघाट गाउँपालिका–५, आरुआर्बाङमा रहेको मण्डली आधारभूत विद्यालय दुई हप्तादेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको विरोध गर्दै स्थानीय अभिभावकले भदौ २ गतेदेखि विद्यालय बन्द गरेका हुन् ।  कक्षा एकदेखि पाँच कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल २५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नेपाल सरकारको दरबन्दीका दुई शिक्षक र राहत अनुदानको एक शिक्षक कार्यरत छन् । विद्यालय संयोजन भन्दै यही भदौ १ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर गुरुङले उक्त विद्यालयको तह घटाउँदै दुई वटै दरबन्दी कटौती गर्ने निर्णयको विरोधस्वरूप विद्यालय बन्द गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्या कम भएको विद्यालय मर्ज गर्नु र दरबन्दी कटौती गर्नु ठिकै हो तर हाम्रो विद्यार्थी सङ्ख्या राम्रै छ । हामीलाई भूगोलले पनि साथ दिएको छैन । यो विद्यालय रहेन भने खोल्सा पारिकोमा पढाउन सकिँदैन । तीन वटा खोला तरेर जानुपर्छ, बर्खाको बेला आफ्नो बच्चालाई पढ्न जा भन्दा पनि मर्न जा भनेको जस्तो हुन्छ ।” विद्यालयको तह नघटाई कटौती गरिएको शिक्षक दरबन्दी यथावत् नगरेसम्म विद्यालय नखोल्ने अभिभावकको अडान रहेको उहाँको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर