नेभिगेसन मेनु

कर्णाली प्रदेश पूर्ण साक्षर बनाइँदै
सम्पादक:南亚网络电视
लेखक:एस् ए टि भी
समय:2023-08-27 12:29

sacher-jilla

सुर्खेत, भदौ १० गते । कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमलाई साक्षर जिल्ला घोषणा गरिसकेको छ। कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा जिल्ला बाँकी रहेका छन्। सरकारले जारी गरेको मापदण्ड पूरा गरेका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो। 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चालु आर्थिक वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। 

साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले एक वर्षभित्रै प्रदेशलाई साक्षर घोषणा गरिने जानकारी दिनुभयो। तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षर घोषणा गरिने उहाँको भनाइ छ। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले सङ्घीय सरकारको नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समेटिएको जानकारी दिनुभयो। उहाँका अनुसार यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्ने गरी कार्ययोजना निर्माण गरिएको छ। 

कर्णालीका २७ वटा पालिका साक्षर घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्याङ्क सङ्कलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको उहाँले बताउनुभयो। कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षर घोषणा हुन बाँकी रहेको जानकारी सो अवसर दिएको हो। 

मुगुका चार, जुम्लाका आठ, कालीकोटका आठ, हुम्लाको एक, डोल्पाका छ गरी २७ पालिकालाई साक्षर घोषणा गरिएको छैन। उक्त अभियान सफल पार्न स्थानीय तहले कार्ययोजना निर्माण गरेर साक्षरता अभियानको सुरु गरेका छन्। 

पालिका सक्रिय बन्दै 

मुगुको छायानाथ रारा नगरपालिका ‘साक्षर अभियान’ घोषणाको अन्तिम तयारीमा जुटेको छ। यसका लागि प्रत्येक नागरिकलाई साक्षर बनाउन अनिवार्य छ। नगरपालिका साक्षर अभियान सफल पार्ने  जिम्मेवारी शिक्षक र विद्यार्थीलाई दिएको छ। 

नगर प्रमुख विष्णुकुमार भामले अभियानमार्फत पालिकाभित्रका १५ देखि ६० वर्षसम्मका नागरिकलाई साक्षर बनाइने बताउनुभयो। एक वर्षमा ‘साक्षर स्थानीय तह’ घोषणा गर्ने रणनीति लिइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर