नेभिगेसन मेनु

असार, साउनमा फिल्मको 'खडेरी,' भदौमा भने 'बाढी'
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2023-08-11 18:11

ff_jFZACn7rrh

काठमाडौँ । फिल्म रिलिजका लागि सधैँ तँछाडमछाड हुने नेपाली फिल्म बजार असार र साउनमा भने सुनसान जस्तै रह्यो । सुनसान यस अर्थमा कि ९ शुक्रबार रहेको असार र साउनमा जम्माजम्मी ५ फिल्ममात्रै रिलिज भए । 

यी फिल्म हुन् ‘अन्तिम संस्कार’, ‘परस्त्री’, ‘बगान’, ‘लुङा’ र ‘अदृश्य’ । असारमा तीन सातमात्र फिल्म रिलिज भयो भने साउनमा दुई साता मात्र । अगामी शुक्रबार अर्थात् २६ साउनमा कुनै फिल्म छैन ।

असारको पहिलो शुक्रबार अर्थात् १ गते कुनै फिल्म प्रदर्शनमा आएन । दोस्रो शुक्रबार ८ असारमा एकमात्र फिल्म ‘अन्तिम संस्कार’ रिलिज भयो । प्रदीप शाही निर्देशित मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य लगायतको अभिनय छ ।

असारको तेस्रो शुक्रबार १५ असारमा ‘परस्त्री’ प्रदर्शनमा आयो । हिन्दीमा डबसहित नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको यो फिल्म सुरज पाण्डेले निर्देशन गरेका थिए । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ ।

364175440_853675645653884_7197742748140265148_n (1)

असारको चौथो शुक्रबार २२ गते कुनै फिल्म रिलिज भएन । अन्तिम शुक्रबार २९ असारमा भने ‘बगान’ रिलिज भयो । अभिनेता सरोज खनाल निर्देशित एकल महिलाको कथामा निर्माण भएको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतको अभिनय छ ।

त्यस्तै, साउनको पहिलो शुक्रबार अर्थात् ५ गते एकमात्र फिल्म ‘लुङा’ रिलिज भयो । लिम्बू संस्कृति विषयवस्तुमा निर्माण भएको किरण राई निर्देशित फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजङ्ग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल लगायतको अभिनय छ ।

दोस्रो शुक्रबार १२ साउनमा कुनै फिल्म रिलिज भएन । १९ साउनमा भने फिल्म ‘अदृश्य’ रिलिज भयो । प्रह्लाद काफ्लेको निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरि, रिश्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी लगायतको अभिनय छ ।

सधै दुई वा सो भन्दा बढी फिल्म जुध्ने नेपाली फिल्म उद्योगमा असार र साउनमा रिलिजका लागि फिल्मको खडेरी देखियो ।

असार र साउनमा किन फिल्म अभाव ?

कृषिप्रधान देश नेपालमा असार र साउन ‘मानो खाएर मुरी फलाउने’ महिनाको रुपमा चिनिन्छ । यो सिजनमा अधिकांश मानिस खेतीपातीको काममै ब्यस्त हुने भएकोले फिल्मको व्यवसाय हुँदैन भन्ने मान्यता छ । यी महिना बर्षात्को महिना भएकोले पानी परेर दर्शक हलमा जाँदैनन् भन्ने सोच छ ।

जेठ, असार र साउन पहिलेदेखि नै फिल्म व्यवसायको लागि ‘अफ सिजन’ मानिँदै आएको निर्माता, वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थ बताउँछन् ।

‘यी तीन महिना कुनै वर्ष एउटा पनि फिल्म रिलिज नभएको रेकर्ड छ’, कायस्थले भने, ‘अहिले असार र साउनमा ५ फिल्म रिलिज हुनु राम्रो मान्न सकिन्छ ।

५ फिल्म रिलिज भएकोले असार र साउनमा फिल्मको खडेरी भन्न नमिल्ने वितरक करण श्रेष्ठ ‘क्रेजी’ बताउँछन् । विगतका वर्षका तुलनामा यो वर्ष फिल्म रिलिज राम्रो भएको उनको धारणा छ ।

22

‘अहिले फिल्म निर्माण घटेको छ । रिलिजको तयारीमा रहेका फिल्मका सूची कम छन्’, श्रेष्ठले भने, ‘अगाडि रिलिज भएको फिल्मको व्यवसाय नदेखेर पनि कतिपय फिल्म अन्तिम समयमा सारिएका छन् ।’ असार र साउनमा पहिलेदेखि नै फिल्मको व्यवसाय हुँदैन भन्ने नकारात्मक धारणा भएको कारण पनि फिल्म कम भएको उनको जिकिर छ ।

करण र गोपालको बिचारमा सहमति जनाउँछन् फिल्म निर्देशक जनकदीप पराजुली पनि । ‘असार, साउनमा बर्षा हुन्छ र मानिसको हलमा उपस्थिति कम हुन्छ भनेर राम्रा फिल्म मेकरले फिल्म रिलिज गर्दैनन्’, पराजुलीले थपे, ‘तर, यो असार, साउनमा दर्शकको कमी देखिएन । किनभने अहिले रिलिज भएका सबै विदेशी फिल्मले राम्रै कमाएका छन् ।

भदौमा फिल्मको ताँती

असार र साउनमा फिल्मको 'खडेरी' लागे पनि भदौमा भने फिल्म रिलिजको 'बाढी' आउनेवाला छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्ने हो भने भदौमा ८ फिल्म रिलिज हुने र प्रत्येक साता फिल्म जुध्ने देखिन्छ ।

भदौको पहिलो शुक्रबार अर्थात् १ गते दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आउँदै छ । गणेशदेव पाण्डे निर्देशित ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा, तुफान थापा लगायतको अभिनय छ । 

‘हिँड्दा हिँड्दै’ भने मिलन आले मगरले निर्देशन गरेका हुन् । फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बालकलाकार अर्विन थिङ लगायतको अभिनय छ ।

भदौको दोस्रो साता अर्थात् ८ गते फिल्म ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा आउँदै छ । टेक पौरखी राईको निर्देशन रहेको ‘जय हो’मा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय छ ।

‘महानगर’का निर्देशक मोहन राई हुन् । फिल्ममा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतको अभिनय छ ।

त्यस्तै, भदौ १५ मा ‘एैंचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आउँदै छ । स्वस्तिमा खड्का, मुकुन भुसाल, सुशील सिटौला, वर्षा राउत, रमेश बुढाथोकी, बुद्धि तामाङ, रवीन्द्र झा, कोशिस क्षेत्री, विशाल पहाडी लगायतको अभिनय रहेको ‘एैंचौ पैँचो’ कृषा चौलागाइँले निर्देशन गरेकी हुन् ।

maxresdefault (1)

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’मा भने मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना लगायतको अभिनय छ ।

भदौ २२ मा बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ रिलिज हुने भएकोले कुनै पनि निर्माताले आफ्नो फिल्मको रिलिज मिति जुराएका छैनन् । भदौको अन्तिम साता अर्थात् २९ गते ‘भागवत गीता’ र ‘नाङ्गो गाउँ’ आउने पक्कापक्की छ ।

‘भगवत् गीता’  झरना थापाद्वारा निर्देशित फिल्म हो । फिल्ममा विपिन कार्की, धिरज मगर, सहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर लगायतको अभिनय छ ।

‘नाङ्गो गाउँ’को निर्देशक दीपेन्द्र लामा हुन् । फिल्ममा  दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । साथमा शिशिर वाङ्देल, वुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा लगायत कलाकारको पनि अभिनय छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर