नेभिगेसन मेनु

राईको ‘पापी मान्छे-३’
सम्पादक:南亚网络电视
समय:2023-07-13 13:16

thumb (3)

काठमाडौँ — निर्माता राजकुमार राई ५ वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । राईले नयाँ फिल्म निर्माणको घोषणा गर्दै फिल्मको मुख्य पात्र चिम्पान्जी हुने जनाएका छन् ।

उनको नयाँ फिल्मको नाम भने ‘पापी मान्छे–३’ हो । ६ वर्षअघि राईले ‘वान वे’ फिल्म निर्माण गरेका थिए ।

फिल्म जनकदीप पराजुलीको निर्देशनमा तयार हुने बताइएको छ । उनी एक दशकपछि निर्देशनमा फर्कन लागेका हुन् । तर ‘एनिमल राइट्स’ का कारण जनावरलाई सिनेमामा खेलाउन नपाइने भएकाले चिम्पान्जीका लागि भीएफएक्सको प्रयोग गरिने पराजुलीको भनाइ छ ।

फिल्मको छायांकन यसै वर्ष हुने र अर्को वर्ष रिलिज गरिने निर्देशक पराजुलीको भनाइ छ । उनका अनुसार फिल्ममा विदेशी कलाकारको समेत अभिनय रहनेछ । तर ती कलाकार को–को हुनेछन् भन्नेबारे उनले केही उल्लेख गरेका छैनन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर