नेभिगेसन मेनु

कंगनाले आलिया–रणबीरको विवाहलाई ‘नक्कली’ भनिन्, नितु कपुरले दिइन् जवाफ ?
सम्पादक:南亚网络电视
समय:2023-07-20 14:30

无标题

हिन्दी सिनेमामा एक अभिनेत्री यस्ती छिन् जो इन्स्टाग्राममार्फत् आफूलाई लागेका र चित्त नबुझेका कुरा फ्याट्टै राख्ने गर्छिन् । कति मानिसले त उनीसँग दुस्मनी नै मोलेका छन् । उनी अरू कोही होइनन्, कंगना रनौत हुन् । कंगना सोसल मिडियामा धेरैजसो करण जोहर, आलिया भट्ट, रणबीर कपुरसमेत थुप्रै सेलिब्रिटीका लागि केही न केही लेखिरहिन्छन् । यस पटक कंगनाले आलिया–रणबीरका लागि एउटा पोस्ट लेखेकी छिन् जसमा उनले यी दुईको विवाहलाई नक्कली बताएकी छिन् ।

अब नितु कपुरले कंगनालाई आफ्नै शैलीमा जवाफ फर्काएकी छिन् ।

नितुले शेयर गरिन् पोस्ट

नितु कपुरले पोस्ट सेयर गरेर लेखेकी छिन्, ‘हाम्रो परिवार पहिलाको जस्तो किन छैन, यसको पछाडि एउटा कारण छ । यो त्यो हो कि हामीले ती मानिसलाई जान दिइसकेका छौँ जसले परिवारलाई जोड्ने नाटक गर्ने गर्थे ।’

कंगनाले लेखेकी थिइन् पोस्ट

कंगनाले त्यो आर्टिकल सेयर गरेकी थिइन् जसमा कंगना र विजय सेतुपति एक साइकोलोजिकल थ्रिलरका लागि सहकार्य गरिरहेका छन् । कंगनाले लेखेकी थिइन्, ‘सबै पत्रिकाको हेडलाइन एउटै किन छ ? यसलाई भनिन्छ बल्क मास । चंगु–मंगु, म र विजयको सहकार्यले यति पीडा दिइरहेको छ भने म यतिमात्र भन्न चाहन्छु कि भगवानले तिम्रो आत्मालाई शान्ति दिउन् ।’

‘मसँग अर्को एउटा खबर छ । त्यो यो हो कि नक्कली श्रीमान्–श्रीमती जो छुट्टा–छुट्टै तलामा बस्छन्, उनीहरू फिल्मका लागि सहकार्यको खबर फैलाइरहेका छन् । त्यो झुटो हो । उनीहरुले कपडाको ब्रान्डलाई आफ्नो भनिरहेका छन् तर नायिका र उनकी छोरी हालै किन एक भ्रमणमा गएनन् भन्ने कुरा कसैले किन लेखिरहेका छैनन् ? उनका श्रीमानले मलाई लगातार मेसेज पठाइरहेका छन्, भेट्नका लागि । यी नक्कली जोडीबारे हामी सबै मिलेर पर्दाफास गर्नुपर्छ ।’

‘यस्तो त्यति बेला हुन्छ जब हामी फिल्मको प्रोमोसन, पैसा र कामका लागि विवाह गर्छौँ । प्रेममा परेर होइन । एक अभिनेताले ‘माफिया ड्याडी’ को दबाबमा परेर विवाह गरे ।  ‘पापाकी परी’सँग विवाह गरे उनलाई तीन वटा फिल्म दिने सहमति भयो । फिल्म त पाएनन्, त्यसैले अब उनी विवाह तोड्ने चक्करमा छन् । मलाई लाग्छ, उनले अब आफ्नी श्रीमती र छोरीलाई ध्यान दिनुपर्छ । यो भारत हो, एक पटक विवाह भयो त भयो । अहिले नसुध्रिए कहिले सुध्रिने ?’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर