नेभिगेसन मेनु

पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
सम्पादक:南亚网络电视
समय:2023-07-21 18:48

无标题

काठमाडौँ । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको छ ।  

पोस्टर चलचित्रका धेरै कलाकार अटाएका छन् । चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभा शर्माले बताइन्।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले बताए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । 

विवेक खड्काको छायांकन,अन्जय खड्काको सम्पादन रहेको चलचित्रको वितरण जिम्मा डिसीएनले लिएको छ  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर