नेभिगेसन मेनु

‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुला
सम्पादक:南亚网络电视
समय:2023-08-03 12:17

miss-universe_WbpTQRhOaR

‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिएकी हुन् ।

मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने श्रेष्ठले बताइन् । उनले आगामी संस्करणलाई थप समावेशी बनाउने प्रयास भइरहेको बताइन् । अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्ष कायम गरिएको छ ।

मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताए । आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउनेछ। साथै, विजेताले विद्युतीय स्कुटर पनि उपहारस्वरुप प्राप्त गर्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर