नेभिगेसन मेनु

भन्सार छलेर ल्याइएको करोड मूल्यको हुक्का बरामद
सम्पादक:南亚网络电视
समय:2023-07-29 19:03

0

बिर्तामोड, साउन १३ गते । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ ।  प्रहरीले शुक्रबार साँझ उक्त सामग्री लोड गरिराखेको ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले मेची भन्सारमा राजश्व नतिरी निस्किएको विशेष सुराकीको आधारमा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको बताउनुभयो  ।

प्रहरी प्रवक्ता रिजालले प्रहरी देख्नासाथ गाडी चालक फरार भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापा र  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्न लाग्दा चालक भागेपछि प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ः१५ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

कन्टेनर फेला परेपनि सम्बन्धित व्यक्ति र कागजात कुनै फेला नपरेको प्रहरीले जनाएको छ । कन्टेनर कसरी बिना भन्सार बाहिर निकालियो यसबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता रिजालले हाल उक्त कन्टेनर र सामानलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको गोरखापत्रलाई बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर