नेभिगेसन मेनु

प्रहरी युनिटलाई मानवअधिकार प्रशिक्षण
सम्पादक:南亚网络电视
समय:2023-06-13 17:23

talim-ma-sahavagi

डोल्पा, जेठ ३० गते । नागरिकलाई प्रवाह गरिने प्रहरी सेवालाई मानवअधिकारमैत्री बनाउन पहिलो पटक दुर्गम भेगमा रहेका प्रहरी युनिटलाई मानवअधिकार प्रशिक्षण दिइएको छ । त्रिपुरा सुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकाका विभिन्न क्षेत्रका ६ वटा प्रहरी चौकीमा कार्यरत ४९ जना प्रहरीलाई मानवअधिकार प्रशिक्षण दिइएको हो ।

मानवअधिकारमैत्री सेवा र जघन्य कसुर सम्बन्धी घटनास्थलमा के कसरी मानवअधिकारमैत्री व्यवहार सञ्चालन गरी सेवा दिन सकिन्छ भन्ने विषयमा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले प्रशिक्षण दिनुभएको हो ।

नेपाल प्रहरीको सेवा नागरिक र मानवअधिकारमैत्री बन्न नसकेको गुनासो नागरिकस्तरबाट आइरहेको बेला नागरिकलाई ससम्मान मानवअधिकारमैत्री सेवा प्रवाह कसरी दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको र यसले प्रहरी सेवा चुस्तदुरुस्त बन्न सहयोग पुग्ने त्रिपुराकोटका इन्चार्ज प्रहरी नायव निरीक्षक रुद्धबहादुर शाहीले बताउनुभयो।

दुई दिने प्रशिक्षणमा जुफाल विमानस्थल सुरक्षागार्ड इलाका प्रहरी कार्यालय कबरगार्ड प्रहरी चौकी लिकु अस्थायी मसिनेचौर विमानस्थल सुरक्षागार्ड पहाडा कालागौडा र त्रिपुराकोट प्रहरी चौकी गरी ६ वटा प्रहरी युनिटबाट प्रशिक्षणमा सहभागिता रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर