नेभिगेसन मेनु

भेरी कोरिडोर धमाधम कालोपत्रे
सम्पादक:南亚网络电视
समय:2023-05-31 12:53

Untitled-1 (1)

जाजरकोट, जेठ १७ गते । भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिनुभयो। सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ। रिम्नादेखि तल्लुबगरसम्मको अर्को ४० किलोमिटर खण्डमा समेत काम जारी रहेको छ। 

आर्थिक वर्षभित्र ५६ किलोमिटर कालोपत्रे गरिसक्ने बिल्डर्सका अध्यक्ष केसीको भनाइ रहेको छ। यस खण्डमा भ्याटसहित एक अर्ब ८ करोड रुपयिाँको ठेक्का सम्झौता रहेको छ। यस सडकखण्डको बिचमा रहेका खोला तथा भेरी नदीमा पुल निर्माण समेत भइरहेको छ। 

आयोजनाका साइट इन्चार्ज बबिन बुढाथोकीले कालेगाउँदेखि रिम्ना बिचमा पर्ने घरटहराको क्षतिपूर्तिको मुआब्जामा ढिलाइ भएकाले काममा प्रभाव परेको जानकारी दिनुभयो। सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी कोरिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ। यसबिचमा रहेका पुलसमेत भेरी कोरिडोरकै मातहत आइसकेको जनाइएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर