नेभिगेसन मेनु

अतिक्रमित जमिन खाली गराइँदै
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:28

Untitled-1 (15)

खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित भए खाली गराउने निर्णय गरेको हो। खाँडाचक्र नगरपालिका–१ वडाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको विशेष संयन्त्रको बैठकले बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन अनुरोध गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको संयोजकत्वमा बसेको बैठकमा खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले अतिक्रमित जमिन खाली गराउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। 

वडाध्यक्ष ताम्राकारको आग्रहलाई सरोकारवालाले साथ दिने भन्दै नगर कार्यपालिकाबाट नै निर्णय गरेर अगाडि बढ्न आग्रह गरेका छन्। स्थानीय सरकारको योजनामा साथ दिने सरोकारवालाको प्रतिबद्धता जनाएका छन्। 

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले तत्काल बस्ने नगर सभाबाटै निर्णय गराएर सार्वजनिक जग्गा कति कहाँ मिचिएको छ, त्यसको जानकारी लिने बताउनुभयो। उहाँले पहिलो चरणमा वडाले अतिक्रमित जग्गा खाली गरिदिन सूचना गर्ने र सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रतिबद्धता गर्नुभयो। 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतनबहादुर शाही, पूर्वअध्यक्ष सूर्यबहादुर शाही, नेकपा ( एकीकृत समाजवादी) का नेता लालबहादुर मल्ल, नेकपा (माओवादी केन्द्र) का नेता सुधार शाहीलगायतले अतिक्रमित जमिन खाली गराउन सहयोग गर्ने बताउनुभयो।  पहिलो चरणमा सार्वजनिक सूचना जारी गरेर आआफ्ना घरको किल्ला यकिन गर्न लगाउने र त्यस लगत्तै अमिनलाई ल्याएर शङ्कास्पद घरको निरीक्षण गरेर सार्वजनिक जग्गा मिचेको देखिएमा खाली गराउन निर्देशन गर्ने निर्णय गरेको छ। 

प्रमुख जिल्ला अधिकारी माझीले सार्वजनिक जग्गा मिच्न नदिनु सरकारको दायित्व भएको जनाउँदै स्थानीय सरकारको अभियानमा प्रशासनले पूर्णसाथ र सहयोग गर्ने बताउनुभयो। उहाँले निर्णय नगरपालिकाले गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन बल प्रयोग गर्नु परे पनि प्रशासन तयार रहेको सुनाउनुभयो।

खाँडाचव्रm नगरपालिका वडा नम्बर–१, मान्म बजारमा धेरै घरधनीले सार्वजनिक जग्गा मिचेको स्थानीयको गुनासो छ। यसभन्दा अगाडि रास्कोट नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउने कामलाई निरन्तरता दिएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर