नेभिगेसन मेनु

सात वर्षपछि बस्तीमा सिँचाइ
सम्पादक:南亚网络电视
समय:2023-05-30 14:59

Untitled-1

रुकुमपश्चिम, जेठ १६ गते । मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। 

वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोका अनुसार पानीको ट्याङ्की बन्दाबन्दैको अवस्थामा रहेको उक्त आयोजनामा ३० लाख रुपियाँ लगानी भएको छ। 

सिँचाइ आयोजना निर्माणसँगै वडाका सुनार टोल, साउनेपानी र मानपुर बस्तीका ५६ घर प्रत्यक्ष लाभान्वित भएको वडा कार्यालयले जनाएको छ। आयोजना अन्तर्गत मुहानबाट ट्याङ्कीसम्म पानी ल्याएर घर घरमा पाइपलाइन पु¥याइएको छ। एक लाख ८९ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ।

त्यसै गरी ५६ वटै घरमा सिँचाइका लागि स्प्रिङ कलरसमेत वितरण गरिएको छ। स्थानीय ४५ वर्षीया काली सुनारले सिँचाइ आयोजना बनेपछि खेतीयोग्य जमिनमा आवश्यक परेका बेला सिँचाइ गर्न पाइने बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर