पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित नौकिलामा सुक्खा पहिरो गएको छ।
आज बिहान ८ बजेबाट पहिरो खस्न थालेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बमले जानकारी दिए।
पहिरो खसेपछि केहीबेर एकतर्फी सडक सञ्चालन भएको थियो। पहिरो नरोकिएपछि प्रहरीले दुबैतर्फको सवारी रोकेको थियो।
प्रहरी निरीक्षक बमका अनुसार अहिले दुवैतर्फ सवारी रोकेर पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो पन्छाउन २० देखि २५ मिनेट लाग्ने र माथिबाट थप पहिरो खस्ने सम्भावना रहेनरहेको अवलोकनपछि सवारी आवागमन दुईतर्फी खोलिने उनले जानकारी दिएका छन्।