नेभिगेसन मेनु

अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-05-25 18:25

IMG_2479

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले बिहीबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत रूपमा उहाँले प्रगति विवरण तयार गर्नुभएको छ । अध्यक्ष सिंहले आफ्नो प्रगतिको पहिलो बुँदामा गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको विषय उल्लेख गर्नुभएको छ । 

त्यसैगरी उहाँले विज्ञप्तिमार्फत सार्वजनिक गरेका अन्य प्रगति विवरणमा गाउँपालिकाको सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमार्फत हुनु, गाउँपालिकाका छ वटै वडालाई सडक सञ्जालसँग जोड्नु र वडा नम्बर ६ को सडकलाई स्तरोन्नति गरिनु, नेपाल टेलिकमको फोर जी सेवा सुचारु गरिनु, काँखे र कल्खे प्राविका लागि भवन निर्माण गर्न बजेटको व्यवस्था गरिएको, कैलाशपुरी र सल्लाघारी मावि, हिमालचुली निमाविका लागि अनुदानको शिक्षकको व्यवस्था गरिनु, कैलाश पुरी माविका आरसीसी भवन निर्माणका लागि भारतीय दूतावासबाट बजेटको व्यवस्थाका लागि पहल गरिएको उल्लेख छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा गाउँपालिका केन्द्र जोड्ने गल्फागाडदेखि डाँडाकाट्नासम्मको १४ दशमलव दुई किलोमिटर सडकको कालोपत्रे गराउने कार्यको सुरुवात हुनु रहेको छ । अन्य प्रगतिहरूमा लौँठी कालागाड, पाल्स काँखे हुँदै वारीगाउँ कालागाड र लौँठी हुँदै रिल्म बिगोटी सडकको निर्माण कार्यलाई तीव्रता दिनु, वडा नम्बर १ देखि ३ सम्मका घरधुरीलाई एक घर एक धाराको अवधारणलाई स्थापित गर्न श्रीगनर बृहद खानेपानी आयोजनाका लागि बजेटको व्यवस्था र निर्माण कार्य सुरु, महिला, दलित, अपाङ्गता, वित्पन्नका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनु तथा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर