नेभिगेसन मेनु

गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता
सम्पादक:南亚网络电视
समय:2023-05-24 13:23

hu,-humla-Tajan

सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो ।

चिकित्सक मार्ता पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक हुनु आवश्यक ठानेपछि बिरामीको चेकजाँचमा सहभागिता जनाएको बताउनुभयो ।

स्पेन अध्ययनका क्रममा सँगैको चिकित्सक साथि हर्कसिंह भण्डारीलाई भेट्न हुम्ला पुग्नुभएको हो । हुम्ला पुगेकै समयमा उहाँले बिरामीको उपचारका लागि एक दिन पैदल हिँडेर गाउँतिर लाग्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको हेल्थ अस हुम्लाका एचए नारायण फडेराले चिकित्सक मार्ताले चार दिन लगाएर गाउँका बिरामीको उपचारमा सहभागिता जनाएको बताउनुभयो । एउटा बस्तीबाट उहाँले चारदेखि पाँच घण्टा पैदल हिँडेर उपचारमा सहभागिता जनाउनुभएको हो । यो बीचमा उहाँले २५ जना जटिल खाले र अन्य सामान्य बिरामीको निःशुल्क उपचार गर्नुभएको थियो ।

उहाँले चिकित्सक मार्ताले चेकजाँच गर्ने र हेल्थ असले बिरामीका लागि आवश्यक औषधिको व्यवस्था पनि निःशुल्क गरेको बताउनुभयो । सबै खाले बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएपछि बिरामी समेत निक्कै हर्षित हुनुभएको थियो । चिकित्सक मार्ताले उपचार गरेका गाउँहरुमा सिमकोट गाउँपालिका– १ र २ को ठेहे र दोजाम तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्ला बाम्टा गाउँका बिरामीहरु रहनुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर