नेभिगेसन मेनु

सात वर्षपछि धारामा पानी
सम्पादक:南亚网络电视
समय:2023-05-23 15:04

0

रुकुमपश्चिम, जेठ ९ गते । एकीकृत नमुना बस्ती विकास गरी स्थापित गरिएको बादी टोलका धारामा सात वर्षपछि खानेपानी सुविधा पु-याइएको छ। २०७३ सालमा सरकारले बादी समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको थियो। सरकारले त्यो बेला १५ परिवारका लागि बासस्थान, शौचालय र गाउँको बिचमा धारासमेत निर्माण गरेको थियो। उक्त धारामा सात वर्षपछि पानी आएको छ। 

आठबिसकोट नगरपालिका–९, राडीमा बादी बस्ती बसालिएको थियो। ३१ वर्षीय पदम नेपालीले बस्तीमा खानेपानी सहज भएको बताउनुभयो। सो बस्तीका बासिन्दाले भेरी नदीबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए। आठबिसकोट नगरपालिका–९ का वडा सदस्य नवराज मल्लले बादी समुदायका १५ घरका लागि एउटा धारा निर्माण गरिएको जानकारी दिनुभयो।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर