नेभिगेसन मेनु

गुच्ची च्याउ सङ्कलनको चटारो
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:46

Untitled-1 (4)

मुगु जिल्लामा गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएको छ । यो मौसममा जङ्गलमा गई गुच्ची च्याउ सङ्कलन गर्न स्थानीयलाई चटारो हुन्छ ।

जिल्लाको छायानाथ रारा नगरपालिका–६, ७, ८, ९, १०, १२, १३ र १४, सोरु गाउँपालिका–२, ३, ४ र ६, खत्याड गाउँपालिकाका– ६, ७ र ८, मुगमकार्मारोङ गाउँपालिका–६, ७, ८ र ९ वडाका  स्थानीयले गुच्ची च्याउ सङ्कलनबाट आम्दानी गर्दै आएका छन् । छायानाथ रारा नगरपालिका–६ का मानबहादुर बोहराका अनुसार गुच्ची च्याउ सङ्कलन चैतको दोस्रो सातादेखि वैशाखको अन्तिमसम्म हुँदै आएको छ । 

उहाँका अनुसार हरेक घरले एकदेखि तीन किलोसम्म च्याउ सङ्कलन गर्दै आएका छन् । प्रतिगोटा गुच्ची च्याउको १० रुपियाँका दरले र प्रतिकेजी ३० हजार रुपियाँ स्थानीय व्यापारीले किन्दै आएका छन् ।

मुगमकार्मारोङ गाउँपालिका–८, चिमात्त गाउँका हर्ष रोकायाले गुच्ची च्याउबाट घर खर्च चलाउन सहज भएको बताउनुभयो । उहाँका अनुसार चिमात्त गाउँमा हरेक घरधुरीले ३० हजारदेखि ५० हजार रुपियाँसम्म गुच्ची च्याउबाट आम्दानी गर्ने गरेका छन् । छायानाथ रारा नगरपालिका–९ का नन्दसिंह रोकायाले हरेक वर्ष गुच्ची च्याउको आम्दानीले भेडाबाख्रा खरिद गर्दै आएको बताउनुभयो । उहाँले यो वर्ष गुच्ची च्याउबाट ५० देखि ७० हजार रुपियाँसम्म आम्दानी लिने लक्ष्य राखेको जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालयले हरेक सामुदायिक वन उपभोक्ता समितिलाई जडीबुटी बजारको बिक्री मूल्य विवरण पठाएमा कृषकले भने अनुसार मूल्य पाउने उहाँको भनाइ छ । गुच्ची च्याउ विशेष गरी सल्ला र गोब्रे सल्लाको जङ्गलमा उत्पादन हुने भएकाले सामुदायिक वनमा जङ्गल पनि संरक्षण हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालयको कार्यविधि अनुसार स्थानीय जडीबुटी व्यापारीसँग गुच्ची च्याउ सङ्कलनका लागि प्रतिकेजी पाँच सय रुपियाँका दरले राजस्व लिइँदै आएको छ । डिभिजन वन कार्यालयका कर्मचारी प्रनिल देवकोटाले आर्थिक वर्ष ०७७/७८ मा गुच्ची च्याउबाट चार लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर