नेभिगेसन मेनु

‘नेल डिजाइनर’ उत्पादनको हब बन्दै नेपाल'
सम्पादक:南亚网络电视
समय:2023-04-18 18:05

Nail

नेपाल नेल (नङ) आर्टिष्ट उत्पादनका लागि आकर्षक गन्तव्य बनेको छ । सौन्दर्यका लागि कृत्रिम नङ राख्ने तथा डिजाइन गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हबको रूपमा विकास हुँदैगएको छ ।

नेल आर्टिष्ट तथा टेक्निसियन उत्पादनका लागि पश्चिम एसियाकै चर्चित टिजङ्स नेल्स एण्ड ब्युटी इन्स्टिच्युटले दरबारमार्ग, पोखरा, बुटवल र इटहरीमा नेल आर्टसम्बन्धी तालिम सञ्चालन गर्दैआएको छ । सो तालिममा उत्कृष्ट १२ जना प्रशिक्षार्थीलाई सम्मान गरिएको छ । 

टिजङ्सका सञ्चालक सुनिलजङ्ग मल्लले ‘इच्छा शक्ति भएमा नेपालीले पनि गर्न सक्छन्’ भन्ने कुरालाई पुष्टि गर्न सन् २०१० मा टिजङ्स नेल्स एण्ड ब्युटी इन्स्टिच्युटले सञ्चालनमा ल्याएको बताउनुभयो । नङ जोड्नेदेखि बुट्टा भर्नेसम्मको काममा नेपाली महिला दक्ष देखिएका छन् ।

टिजङ्सले उत्पादन गरेका नेपाली नेल आर्टिष्ट तथा डिजाइनर महिलाको माग पूर्व एसियाका एक दर्जन देशमा बढेको बताइएको छ । अङ्ग्रेजी भाषा जानेका तथा शिल्पी महिलाका लागि नेल आर्ट पेसा आर्थिक आय आर्जनका लागि राम्रो अवसर बनेको मल्लले  बताउनुभयो ।  

खाडी मुलुकमा जाने महिलालाई लक्षित नेल आर्ट तथा डिजाइन तालिम आम्दानीको राम्रो स्रोतसँगै सुरक्षित र सम्मानजनक पेसा भएको टिजङ्सका सल्लाहकार दानबहादुर मल्लले बताउनुभयो । आर्थिक रूपमा सम्पन्न र धनीहरूका लागि नङको सजावट पनि अनौठो शौख रहेछ उहाँले भन्नुभयो, “त्यही शौखलाई पूरा गरिदिन नेपाली महिला पहिलो रोजाइमा पर्नेगरेका छन् ।” 

खाडीका प्रायः सबै देशहरूमा नेपाली र भियतनामी नेल आर्टिष्ट तथा डिजाइनर महिलाको माग बढ्दैगएको छ । दुबईस्थित बुर्ज खलिफ टावरमा सञ्चालन भइरहेको सलोन सेण्टरमा समेत नेपाली महिलाको माग भइरहेको सञ्चालक मल्लले बताउनुभयो । नेल आर्टिष्ट एवं प्रशिक्षक मल्ल नेल आर्ट च्याम्पियनसिप वर्ल्डका जज् समेत हुनुहुन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर