नेभिगेसन मेनु

‘प्रसाद २’ रोक्न अदालतको आदेश
सम्पादक:南亚网络电视
समय:2023-04-05 13:47

Untitled-1 (1)

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले चलचित्र रोक्न माग राखेर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले उनलाई खोजिरहे पनि उनी फरार छन् ।  अदालतले थप सुनुवाइका लागि २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ । पाण्डे यसअघि ‘प्रसाद २’को निर्माताका रूपमा चिनिनुभएको थियो । हाल चलचित्रको प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा होस् वा अन्य स्थानमा, उहाँ निर्माताका रूपमा रहेको विषयवस्तु समेटिएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर