नेभिगेसन मेनु

बाल संसद्मा बालबालिकाको अभ्यास
सम्पादक:南亚网络电视
समय:2023-04-14 14:39

कबबब

सङ्घीय संसद् सचिवालयको आयोजनामा पाँच दिने नमुना बाल संसद् अभ्यास वीरेन्द्रनगरमा समापन गरिएको छ। सांसद अम्मरबहादुर थापाले नमुना बाल संसद् अभ्यास कार्यक्रमले सबल नेतृत्व जन्माउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बाल अवस्थामै संसदीय अभ्यास र मुलुक सञ्चालन कसरी हुन्छ भन्ने जानकारी लिनुले मुलुकको सक्षम जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्ने बताउनुभयो। नमुना अभ्यासले बालबालिकालाई आदर्श राजनीति सिकाउन प्रेरित गर्ने उहाँको भनाइ छ। 

कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले नमुना बाल संसद् अभ्यास कार्यक्रमले सक्षम नेतृत्व जन्माउनसमेत सहयोग पुग्ने बताउनुभयो। बाल अवस्थामै संसदीय गतिविधि र त्यसको महत्व एवं सञ्चालनबारे जानकारी पाउनुले राजनीतिप्रति सकारात्मक बाल मनोविज्ञान निर्माण हुने धारणा उहाँको छ। 

सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ४८ जना बालबालिका र नौ जना शिक्षकलाई सहभागी गराइएको उक्त कार्यक्रममा संसद्, संसदीय गतिविधि, त्यसको प्रक्रिया, महत्व, इतिहासबारे जानकारी गराइएको थियो। यसरी अभ्यास गराउँदा बालबालिकाले संसदीय व्यवस्थामा लोकतान्त्रिक अभ्यास गर्दा जनताका आवाज कसरी उठाइन्छ, प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गरिन्छ, बजेट कसरी प्रस्तुत हुन्छ, सरकारका नीति तथा कार्यक्रम कसरी आउँछ भन्नेबारे जान्न पाउँछन्।

संसद्को शून्य समय, विशेष समय र आकस्मिक समयमा कस्ता किसिमका मुद्दा उठाइन्छन् भन्ने सन्दर्भमा समेत बाल संसद्मा जानकारी गराइएको थियो।

उहाँका अनुसार सङ्घीय संसद् सचिवालयले सातै प्रदेशमा यो नमुना अभ्यास कार्यक्रम अगाडि बढाउने योजना बनाएको छ। 

नमुना अभ्यास कार्यक्रममा संसद्मा सत्तापक्ष, प्रतिपक्षको भूमिका, प्रश्न, सवाल राख्ने तरिका, सभामुख, उपसभामुखको काम, कर्तव्य र अधिकार, बैठक बसाल्नुअघि उनीहरूले गर्ने काम र सांसदहरूले खेल्ने भूमिका के हो भन्नेबारे बालबालिकाले प्रत्यक्ष अनुभव गरेका थिए। चैत २५ गते सुरु भएको बाल संसद् अभ्यास बुधबार सम्पन्न भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर