नेभिगेसन मेनु

२० वर्षपछि विवाह गरे १० हजार पुरस्कार
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:19

suvakalika-7

 कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ । आजबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई दश हजार पुरस्कार दिने घोषणा गरेको हो ।

समाजमा बढिरहेको बालविवाहलाई रोक्न अबदेखि उक्त वडाका कसैले विवाह गरेमा वडा सरकारको सिफारिस लिनुपर्ने पालिकाले जनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष  प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा आज चैत १ गतेदेखि लागु हुनेगरी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको जानकारी दिनुभयो । बालविवाह रोक्न यो नीति लिइएको पत्रमा उल्लेख छ । 

किर्डाक नेपाल कालीकोटका केस वर्केर जगत भट्टराईले अबदेखि वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्र लिएर वडाबाट सिफारिस अनिवार्य लिनुपर्ने नियम बनेको बताउनुभयो । 

कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने र उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले निर्णय गर्ने भट्टराईले सुनाउनुभयो । 

यसभन्दा अघि शुभकालीका गाउँपालिका वडा –४ ले पनि वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर