नेभिगेसन मेनु

जितको कथा लेख्दै नेपाली छोरीहरू
सम्पादक:南亚网络电视
समय:2025-07-26 11:45

 

 

  呢帕里cheli

एस् ए टी भी १० साउन २०८२, काठमाडौंः यो कुनै एक खेल विशेषको रिपोर्टिङ होइन, नेपाली महिला खेलाडीको संघर्ष, समर्पण र स्वाभिमानको दस्ताबेज हो । अभाव, आलोचना र दुःखबीच पनि अदम्य साहस, धैर्य, विश्वास र आत्मबल उनीहरूको स्वभाव बन्यो । तिनका गोडा कहिल्यै थाकेनन्, तिनले हिम्मत कहिल्यै गुमाएनन् ।

 

ती हुन्– समाजका आदर्श, नयाा पुस्ताका नायक । ‘कोसेली’ को यस अंकमा तिनै महिला खेलाडीका प्रेरणादायी कथा, पृष्ठभूमि र संघर्ष लेख्ने प्रयास गरिएको छ । जसले समाजको सपना पछ्याए, खेल–मैदानमा प्रेरणा भरे, अन्तर्राष्ट्रिय मैदानमा नेपालको झन्डा फहराए, संसारलाई विजयको सन्देश दिए र धैर्यको नयाँ परिभाषा बने । अवसर र सुविधा पाए नेपाली महिला खेलाडीको अन्तर्राष्ट्रिय सफलता सम्भव छ, केवल देशले महिला खेलाडीलाई साथ दिए पुग्छ ।

...

चीनको हाङचाउमा सन् २०२३ को एसियाली खेलकुद चलिरहँदा नेपाली टिमलाई एउटा डरले सताइरहेको थियो– कतै कुनै पदक जित्न सकिएन भने ? यही त्रासबीच एसियन भिलेजमा आइपुग्यो नेपाली कराते टोली । त्यस टोलीमा थिइन्– एरिका गुरुङ । जतिले उनको खेल त्यसअघि नै हेरिसकेका थिए, सबैको एउटै भनाइ थियो– यिनले केही गर्न सक्छिन् ।

एरिका जब मुस्कान छर्दै अघि बढिन्, समग्र नेपाली टिममा उत्साह छायो । नभन्दै उनले कुमुतेको ६८ केजी तौल समूहमा रजत पदक जितिन् । नेपाली खेलकुद इतिहासमै त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो । त्यहाँसम्म यात्रा तय गर्ने क्रममा एरिकाले सुरुमै जापानी प्रतिद्वन्द्वीलाई हराएकी थिइन् । कराते खेलकै जन्मथलोका खेलाडी हराउनु कम ठूलो उपलब्धि थिएन !

 

नेपाल हाङचाउमा एकै पदकमा मात्र रोकिएन, कबड्डीबाट पनि एक कांस्य हात पर्‍यो । त्यो पनि महिला टिमकै स्पर्धाबाट । अर्थात् नेपालले एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगितामा जे जित्यो, त्यो सबै महिला खेलाडीबाट सम्भव भएको थियो । ‘नेपाली खेलकुद मात्र होइन, पूरा देशलाई नै खुसी पार्न सकेकामा यो छोरीलाई गर्व छ,’ अहिले २१ वर्ष पुगेकी एरिकाले त्यति बेला भनेकी थिइन् ।

महिला कबड्डी टिमकी प्रमुख सदस्य थिइन्, मानमती विष्ट । उनका अनुसार कांस्य पदक हात पार्ने निश्चित भएपछि पूरा टिममा खुसी छाएको थियो । सबै खेलाडी भावविह्वल थिए । पछि मानमतीले भनिन्, ‘हामी छोरीहरूले पनि देशका लागि केही गरेर देखायौं ।’ अहिले नेपाली खेलकुदमा जे छ, त्यो महिला खेलकुदमै छ, उनीहरूले नै केही गरिरहेका छन् ।

विश्व टेनिसले पाएको सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन्, सेरेना विलियम्स । उनको एउटा प्रख्यात भनाइ छ– ‘प्रत्येक महिला खेलाडीको सफलताले अरू सबैलाई प्रेरित गर्छ । महिलाले अर्को महिला खेलाडीलाई अगाडि बढ्न मद्दत गर्नुपर्छ ।’

सेरेना ‘बलियो हुनु, सबैप्रति सद्भाव राख्नु, सबैभन्दा मुख्य कुरा सबैप्रति नम्र रहनु’ भन्ने गर्छिन् । यो भनाइ ठ्याक्कै एरिकामा मिल्छ । उनीसँग एकछिन कुराकानी गर्नुपर्छ, उनको नम्रता, भलाद्मीपन, अनि अरूप्रति आदरभावले सबैलाई कृतज्ञ पार्छ नै । ‘हामी सबैले सपना देख्नुपर्छ, ठूलै सपना । त्यो सपना पूरा गर्न हामीले उत्तिकै मिहिनेत पनि गर्नुपर्छ,’ एरिकाले दोहोर्‍याएर भन्ने गरेकी छन्, ‘नेपाली महिला खेलाडीका लागि अगाडि बढ्न सबैभन्दा राम्रो अवसरमध्ये एक खेलकुद हो ।’

Nepali girls writing the story of victory

एरिकालाई आदर्श मान्ने हाम्रै समाजमा धेरै छन् । अझ उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय खेलकुदमै हामी महिलाले धेरै गर्न सक्छौं । हामीलाई अवसर र त्यसैअनुसारको सुविधा मात्र प्रदान गर्नुपर्छ, सबै सम्भव छ ।’ आफ्नो प्रदर्शनलाई यस्तै कायम राख्ने हो भने उनी नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल खेलाडी हुनेछिन् ।

एसियाली खेलकुदमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन, तीन रजक पदक भने हात पारेको छ । त्यसमध्ये दुई रजत पदक महिला खेलाडीकै नाममा । यो सौभाग्य पाउने अर्की खेलाडी हुन्, तेक्वान्दोकी सविता राजभण्डारी । उनले सन् १९९८ को एसियाली खेलकुदमा यो उपलब्धि चुमेकी थिइन् । उनी पनि नेपाली खेलकुदमा महिला खेलाडीको सम्भावना बढी रहेको मान्छिन् । भन्छिन्, ‘मलाई लाग्छ, पछिल्लो समय नेपाली खेलकुदमा महिला खेलाडी बढी हाबी हुन थालेका छन् । नेपाललाई बढी सफलता दिलाउने खेलाडी महिला नै हुन् ।’

तिनै सविताकी सबैभन्दा मिल्ने साथीमा पर्छिन्, संगीना वैद्य । संगीनालाई त तेक्वान्दोले मात्र होइन्, नेपाली खेलकुदले नै पाएको अहिलेसम्मकै निर्विवाद सर्वोत्कृष्ट खेलाडी मान्न मिल्छ । तथ्यांकले पनि यही भन्छ । संगीना ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन्, अनि एसियाली स्तरको प्रतियोगितामा स्वर्ण जित्ने अहिलेसम्मकै एक्ली खेलाडी । एरिकाले हाङचाउमा रजत जित्दा सबैभन्दा बढी खुसी हुनेमा संगीना पनि थिइन् । भन्थिन्, ‘महिला खेलाडीले पनि गर्न सक्छन्, योग्य छन्, साहसी पनि छन् ।’

नेपालले अहिलेसम्म ओलम्पिकमा कुनै पदक जित्न सकेको छैन, पारालिम्पिकमा भने पदकको खाता खुलिसकेको छ । यसको श्रेय जान्छ तेक्वान्दोकी पलेशा गोवर्धनलाई । उनले सन् २०१४ मा फ्रान्समा भएको पारालिम्पिकमा यो उपलब्धि चुमेकी हुन् । भलै उनले खेल्ने विधा र शैली फरक छ, तर पलेशाले हात पारेको सफलतालाई ऐतिहासिक मान्नैपर्छ । उनी पनि असाध्यै भलाद्मी, मृदुभाषी त छिन् नै, अनेक तर्क लगाएर कुरा गर्न पनि समक्ष छिन् ।

Nepali girls writing the story of victory

पलेशा चीनमा आर्किटेक्ट इन्जिनियरिङकी छात्रा हुन् । उनी भन्छिन्, ‘महिलाले मिहिनेत मात्र गर्नुपर्छ, आफ्नो उद्देश्यप्रति केन्द्रित हुनुपर्छ, सबथोक गर्न सक्छन् । खेलकुद यसका लागि सबैभन्दा उपयुक्त माध्यम हुन सक्छ ।’

खेलकुद मात्र होइन, पूरा समाजमै पुरुषको आधिपत्य छ भनिन्छ । तर होइन, खेलकुदकै माध्यमबाट महिलाले यसलाई गलत सावित गर्न सक्छन् । शारीरिक र मानसिक रूपमै महिला खेलाडीले समान हैसियतको प्रदर्शन गर्न सक्छन् ।

खेल र खेलाडी भन्नेबित्तिकै त्यसमा अनुशासन आउँछ, धैर्य आउँछ, अनि आत्मविश्वास पनि । त्यति मात्र होइन, खेलले कोही कसैलाई हारको महत्त्व पनि सिकाउँछ । त्यसैले महिला सशक्तीकरणका लागि खेलकुद जत्तिको उपयुक्त माध्यम अरू हुन सक्दैन । समाजका लागि सफल महिला खेलाडी आदर्श हुन सक्छन्, नायक पनि हुन सक्छन् । खेलकुदले नै महिलामा पनि उत्तिकै लगानी गर्नुपर्छ भन्नेमा प्रेरित गर्छ ।

खेलकुद नै यस्तो सशक्त माध्यम हो, जसले विश्वलाई सिकाएको छ– महिला होस् अथवा पुरुष, दुवैले एउटै काम गर्दा समान पारिश्रमिक दिनुपर्छ, अवसर पनि समान हुनुपर्छ । महिला खेलकुदले समाजमा रहेको अनेकतालाई एकताको सूत्रमा बाँध्न मद्दत गर्छ । अझभन्दा आफ्नो देश र समाजप्रति गर्व गर्न प्रेरित गर्छ । फेरि महिला खेलकुदले स्वास्थ्यप्रति जागरुकता ल्याउने गर्छ नै, यसले समाजलाई शिक्षाको महत्त्व पनि देखाउने गर्छ ।

सुरुमा संगीना र सविताले यस्तै काम गरे, अहिले एरिका र पलेशाले यस्तै काम गरिरहेका छन् । उनीहरू सबै जोकोहीका लागि प्रेरणा हुन सक्छन् । पछिल्लो समय नेपाली खेलकुदमा ठ्याक्कै छुट्टिने गरेर तीन खेल खुबै लोकप्रिय छन् । त्यसमा सबैभन्दा अगाडि आउँछ, फुटबल र भलिबल । संयोग कस्तो भने यी खेलमा महिला विधा बढी लोकप्रिय र सफल छ । महिला क्रिकेट पनि उत्तिकै लोकप्रिय छ र अगाडि बढ्ने क्रममा छ ।

महिला फुटबल नै त्यस्तो विधा हो, जहाँ नेपालले एसिया कप मात्र होइन, विश्वकप खेलेको सपना पनि बुन्न सक्छ । सपना किन पनि बुन्नुपर्छ भने यो सम्भव छ । नेपाली राष्ट्रिय टिमकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एकमा पर्छिन् ।

Nepali girls writing the story of victory

दक्षिण एसियामा उनले जत्तिको गोल कसले गर्न सक्छ र ? महिलाको एसिया कपमा नेपाल भलै छनोट हुन सकेन, तर यही छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् तिनै सावित्रा अर्थात् साम्बा । उनी भन्छिन्, ‘देशले महिला फुटबलमा लगानी मात्र गर्नुपर्छ, सुविधा र अवसर मात्र दिनुपर्छ, यसले अन्तर्राष्ट्रिय स्तरमै ठूलो सफलता हात पार्न सक्छ ।’

सावित्रा युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी हुन् । सुरुमा उनले इजरायलमा खेलिन्, पछि फ्रान्समा । अहिले न्युजिल्यान्डको वेलिङटन फिनिक्स क्लबसँग आबद्ध भएकी छन् र अब अस्ट्रेलियाको माथिल्लो डिभिजनमा खेल्नेछिन् । फ्रान्समा उनले अभान्टा ग्वेनग्याम्पका लागि खेलेकी थिइन् । त्यहाँको माथिल्लो डिभिजनको लिगमा उनले पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध ह्याट्रिक नै गरिन् ।

यसले पनि देखाउँछ, सावित्रा कति धेरे उम्दा खेलाडी हुन् भनेर । आखिरमा सबैलाई थाहा नै छ, पीएसजी फ्रान्सको मात्र नभएर युरोपकै सर्वाधिक सफल र बलियो टिममा पर्छ । एञ्जिला तुम्बापो सुब्बाले पनि युरोपमा खेली सकिन् । उनको गन्तव्य भने ग्रिस थियो । यस्तै रेखा पौडेलले यूएईको आबुधाबी कन्ट्री क्लबका लागि खेलिन् । अब पालो, प्रीति राईको । उनी जोर्डन जाँदैछिन्, व्यावसायिक फुटबल खेल्न ।

नेपाली महिला राष्ट्रिय टिमले खेल्नु मात्र पर्छ, दर्शकको कहिल्यै कमी हुँदैन । अनि यसबारे चर्चा टोलटोल पुग्छ, यसले प्रत्येक चिया पसललाई छुन्छ ।

थाम्नै नसक्ने गरेर दर्शकको घुइँचो लाग्ने त महिला भलिबलमा पनि हो । नेपालको राष्ट्रिय टिमले एकपछि अर्को सफलता हात पारेपछि सम्भवतः महिला भलिबल लोकप्रियताका आधारमा नम्बर १ छ भन्दा हुन्छ । महिला भलिबल टिमले दुई ठूला उपाधि जितेको छ । ती हुन्– सन् २०१९ र २०२२ को एबीसी एसियन सिनियर सेन्ट्रल जोन्स च्याम्पियनसिप । नेपालले काभा नेसन्स लिग र काभा च्यालेन्ज कपमा पनि दुईपल्ट उपविजेताको उपलब्धि चुमिसकेको छ । नेपाली महिला खेलाडीको माग विदेशी लिगमा पनि उत्तिकै छ ।

महिला क्रिकेटको कुरा पनि यस्तै हो । नेपाली महिला टिमले अहिलेसम्म ठूलै सफलता त हात पारेको छैन, सम्भावना भने धेरै देखाएको छ । यी टिम खेलमा मात्र नभएर कराते, तेक्वान्दो, उसुदेखि बक्सिङ जस्तो अनेक खेल छन्, जहाँ महिला खेलाडीको प्रदर्शन राम्रो छ ।

Nepali girls writing the story of victory

एथलेटिक्सतर्फ पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरिरहेकी खेलाडी हुन्, सन्तोषी श्रेष्ठ । किताबी किरो सन्तोषीले लामो दूरीको दौडमा सहभागिता जनाउने क्रममा अनेक देश पनि घुमिसकिन् । उनी मान्छिन्, चाहे जुनसुकै खेल किन नहोस्, नेपाली महिला खेलाडी आफैंमा अब्बल छन् ।

नेपाली महिला खेलाडीलाई साँच्चै अवसर र सुविधा दिनुपर्छ, ठूलो अन्तर्राष्ट्रिय सफलता सम्भव छ । ‘मुख्य कुरा देशले महिला खेलाडीमाथि विश्वास गर्न सक्नुपर्छ,’ उनको भनाइ छ । हो पनि । अबको नेपाली खेलकुद भन्नु नै महिला खेलकुद हुँदै छ ।

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर