नेभिगेसन मेनु

सडक निर्माणले बाटो भत्केपछि पैदल यात्रुहरुलाई सास्ती
सम्पादक:南亚网络电视
समय:2023-03-24 15:13

ADFBSDFB

हुम्ला, चैत १० गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगरदेखि सुनाखाडासम्म सडक निर्माण कार्यले बाटो भत्किएपछि पैदल यात्रुहरुलाई हिँड्न समस्या भएको छ । दक्षिणी हुम्लामा आउजाउ गर्ने पैदल यात्रुहरुले जोखिम उठाएर यात्रा गर्नु परि रहेको छ ।

सदरमुकाम सिमकोट आउन स्थानीयलाई समस्या हुने गरेको लोग भण्डारीले बताउनुभयो । सडक निर्माण कार्यले बाटो भत्किएर हिँड्न निक्कै असजिलो हुने गरेको बताउनुभयो । चट्टानी भीरमा विस्फोट गर्दा ढुङ्गा पन्छाउने कार्य नभएको कारण ढुङ्गामाथि टेकेर हिँड्नु परि रहेको छ भने डोजरले खनेको स्थानमा माथिबाट खसेको माटो र ढुङ्गाले बाटो पुरिएपछि हिँड्न समस्या हुने गरेको हो । उहाँले कतिपय स्थानमा ढुङ्गामाथि उक्लेर हिँड्नु पर्ने भएको कारण पैदल यात्रुहरु एक्लै हिँड्न नसक्ने अवस्था रहेको बताउनुभयो । 

त्यस्तै सडक निर्माणका क्रममा ढलेका रुखहरू पनि पन्छाइएको छैन । उहाँले ठुला भारी बोकेका मानिसहरू आउजाउ गर्न सक्ने अवस्था नरहेको र साना झोला बोकेका यात्रुहरु पनि जोखिम उठाएर हिड्नु पर्ने बाध्यता रहेको बताउनुभयो । बृद्धबृद्धा, अपाङ्गता र साना बालबालिकाहरू हिँड्न सक्ने अवस्था भने छैन । 

त्यसैगरि खनेको सडक माथिबाट ढुङ्गा खस्न सक्ने जोखिम पनि उस्तै रहेको छ । उहाँले पैदल यात्रुहरू त्रास बोकेर सो खण्डको बाटो पार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बोक्चे गौडाबाट पिउस, लाली, देउखुरी हुँदै सुनाखाडा निस्कने विकल्प भए पनि पैदल यात्रुहरु लामो बाटो पर्ने भएको कारण सडक निर्माण भई रहेको बाटोबाटै हिँड्ने गर्दै आउनु भएको छ । माथि भीरको बाटो र तल कर्णाली नदी भएको कारण पनि बाटो आफैमा जोखिम रहेको छ । सो खण्डमा नेपाली सेनाको विकास निर्माण दलले हाल सडक निर्माण कार्य गरी रहेको छ । 

चट्टानी क्षेत्रमा विस्फोट गर्ने बेलामा भने पैदल यात्रुहरुलाई हिँड्न सेनाले निषेध गरेको भए पनि अन्य बेला भने आउजाउ गर्न दिँदै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर