नेभिगेसन मेनु

पैसा सापटी गीत सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-03-05 14:01

blog

काठमाडौँ, फागुन २१ गते । लोकप्रिय लोकगायक बद्री पङ्गेनीले सामाजिक विषयमा तयार पारेको १७ मिनेट लामो गीत सार्वजनिक भएयता १० लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापता हुने विषयको गीतमा गायिका रचना रिमालको साथ रहेको छ। 

आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरू कसर आफैँ बर्बाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरूले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा रचना र सङ्गीत गायक पङ्गेनीको छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उहाँ स्वयंले गर्नुभएको हो। गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पुराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडले (बटुकजी)लगायतका कलाकारको सहभागिता छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर