नेभिगेसन मेनु

रहेनन् भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिक
सम्पादक:南亚网络电视
समय:2023-03-09 14:07

satish kaushik h1678341081

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको मृत्यु भएको छ।

६६ वर्षीय उनको बुधबार राती हृदयाघातका कारण मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनी दिल्लीमा एक पारिवारिक समारोहमा सहभागी हुन पुगेका थिए।

हृदयाघात भएपछि उनलाई दिल्लीको एक अस्पताल लगिएको थियो। त्यहाँ उनलाई डाक्टरले मृत घोषित गरेका हुन्। 

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका काैशिकले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए। यसअघि उनले थिएटरमा काम गरेका थिए।

उनी अभिनेता, कमेडियन, पटकथा लेखक, निर्देशक र निर्माता थिए। 

उनी ‘मिस्टर इन्डिया’ फिल्मबाट चर्चामा आएका थिए। उनले ‘रूप के रानी चोरोंका राजा’, ‘हम आपके दिलमे रहेते है’ र ‘तेरे नाम’ जस्ता फिल्म निर्देशन गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर