काठमाडौँ — चार युवतीहरू सम्मिलित दक्षिण कोरियाली म्युजिकल ब्यान्ड ‘ब्ल्याक पिंक’ की र्यापर लालिसा मनोबल उर्फ लिसाको जन्म आजकै दिन सन् ११९७ मा भएको थियो ।
थाइल्यान्डको बुरीराममा जन्मेकी लिसाले आफ्नो पहिलो सिंगल एल्बम ‘लालिसा’ २०२१ सेप्टेम्बरमा ल्याएकी थिइन् । जुन रिलिजको पहिलो साता नै दक्षिण कोरियामा ७ लाख ३६ हजार प्रति बिकेर सर्वाधिक एल्बम बिक्ने पहिलो महिला गायिकाको रेकर्ड राखेकी थिइन् । लिसालाई यही गीतको म्युजिक भिडियोले समेत एकाएक चर्चा दिलाएको थियो । उक्त म्युजिक भिडियोले सोलो आर्टिस्टका रूपमा युट्युबमा एकै दिनमा सर्वाधिक ७ करोड ३६ लाख भ्युज बटुलेको थियो । लिसाका दुवै सिंगल एल्बम ‘लालिसा’ र ‘मनी’ बिलबोर्डको टपटेनमा समेत आएका थिए ।
म्युजिकमा नै पाँच गिनिज वर्ल्ड रेकर्डसमेत राखिसकेकी लिसा के–पपकी प्रभावशाली र्यापर त हुन् नै, उनी सन् २०१९ देखि इन्स्टाग्राममा लगातार सर्वाधिक फलोअर पाउने के–पप आइडलसमेत हुन् । अविवाहित लिसाको हालसम्मको रिलेसनसिप स्टाटस ‘सिंगल’ नै छ । पाँच फिट चार इन्च अग्ली लिसाले १३ वर्षको छोटो करिअरमा नै १४ मिलियन डलरकी मालिक भइसकेकी छन् ।