नेभिगेसन मेनु

जीवन बदल्ने पुस्तक सुम्निमा
सम्पादक:南亚网络电视
समय:2023-03-15 13:17

amar-neupani2023-01-05-10-48-47

पुस्तक संवाद

मेरो जीवनलाई प्रभावित पारेका पुस्तक थुप्रै छन् । तर, कतिपय यस्ता पुस्तक पनि छन्, जसले मेरो जीवनलाई नै परिवर्तन गरिदिएको छ । बिपी कोइरालाको सुम्निमा र हम्र्यान हेस्सेको ‘सिद्धार्थ’ले जीवनलाई हेर्नेको मेरो दृष्टिकोण नै बदलिदिएका छन् । 

मैले १९ वर्षको उमेर हुँदै सुम्निमा पढेको हुँ । यसमा शरीर र आत्माबारे कुरा गरिएको छ । आत्मा कहिल्यै मर्दैन, शरीर क्षणभंगुर हो । आत्मालाई जोगाउनु पर्दैन । आत्माको जन्म छैन, यसको मृत्यु पनि हुँदैन । रोग लाग्ने र मर्ने त शरीर हो । शरीरलाई जोगाउनुपर्छ, आत्मालाई केही गर्नुपर्दैन । यो फिलोसोफीले मेरो जीवनमा निकै ठूलो प्रभाव पारेको छ । त्यसैले पनि यो पुस्तक मलाई निकै मन पर्छ । 

हर्म्यान हेस्सेको ‘सिद्धार्थ’मा गोविन्द र सिद्धार्थ दुई पात्र छन् । सिद्धार्थले घर छाडेपछि साथीको प्रेमले गोविन्दले पनि घर छोड्छ । यसैबीच बुद्ध भेटेपछि गोविन्द बुद्धको पछि लाग्छ, तर सिद्धार्थ पछि लाग्दैन । बुद्धका फलोअर्स भिक्षु मात्रै हुन्छन् । बुद्धका ज्ञान अरूका लागि जानकारी मात्रै हो । ज्ञान आफैँभित्र हुन्छ भन्ने सन्देश यो पुस्तकले दिएको छ । 

बाल्यकालमा आमाले ‘गौरी’ खण्डकाव्य सुनाउनुभएको थियो । यसले मेरो बालमस्तिष्कमै प्रभाव पारेको थियो । मलाई लेखनाथ पौडेलको तरुण तपसी र डायमन्डशमशेर राणाको वसन्ती तथा सेतो बाघ पनि मन पर्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर