नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न आग्रह
सम्पादक:南亚网络电视
समय:2023-02-28 14:01

pokhara

पोखरा, फागुन १६ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनुभएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालनलगायत समग्र पोखराको पर्यटन विकासका विषयमा आयोजित अन्तत्र्रिmयामा प्रमुख आचार्यले यस्तो बताउनुभएको हो। 

समग्रमा अन्तर्राष्ट्रिय उडानका लागि पोखरा सबै हिसाबले तयार भएकाले सरकारलाई यसका लागि सकारात्मक दबाब दिनुपर्नेमा प्रमुख आचार्यले जोड दिनुभयो। यस विषयमा सरकारको ध्यानाकर्षण गराउन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “मिडियासँग तागत हुन्छ। यहाँहरूले यसका लागि सकारात्मक पहल गर्नुहुन अनुरोध गर्दछु।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। 

समग्र पोखराको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घटनालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताउनुभयो।

नेपालको हवाई क्षेत्रमा कैयौँ दुःखद दुर्घटना भएका स्मरण गर्दै उहाँले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने बताउनुभयो। स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उहाँले भनाइ थियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आमसरोकारको विषय भएको बताउनुभयो। “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो,” उहाँले भन्नुभयो। प्रमुख गौतमले उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित नभई यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्ने बताउनुभयो। पोखराको आकाश सुरक्षित रहेको बताउँदै उहाँले कुनै प्रकारको शङ्का नपाल्न आग्रहसमेत गर्नुभयो। 

पोखरा महानगरपालिकाका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै सबैको संयुक्त प्रयासमार्फत यसको प्रतिवाद आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको आकाश असुरक्षित होइन तर विभिन्न बहानाबाजीमा पोखराको आकाशसमेत असुरक्षित भन्ने गरिएको छ। हामीले यसलाई चुपचाप सह्याै भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउन संयुक्त प्रयास जरुरी छ।” 

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिन छिमेकी मुलुकले गरेको कञ्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गर्नुभयो। नेपालजस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उहाँले बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर