नेभिगेसन मेनु

ऋण तिर्ने बहानामा खानेपानी महसुल वृद्धि गर्दा उपभोक्ता मारमा
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:14

बमादबमा

इलाम, चैत २ गते । इलाम नगरपालिकामा खानेपानी आपूर्ति सहज गराउन अहिले सहरी खानेपानी आयोजनाको निर्माण भइरहेको छ । अझै यो आयोजना निर्माण सम्पन्न गर्न अझै केही समय लाग्ने छ । यो आयोजना हस्तान्तरण गर्न त एक–डेढ वर्ष नै लाग्ने छ । 

एसियाली विकास बैङ्कको ७० प्रतिशत सहयोग र नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग तथा उपभोक्ताको पाँच प्रतिशत साझेदारीमा निर्माण नयाँ आयोजना निर्माण भइरहेको छ । यो आयोजनामा ल्याउन लागिएको सन्दुकपुर गाउँपालिकामा रहेको राते खोला र ठाडे खोला मुहानको पानी जोड्न अझै एक साता लाग्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताउनु भयो । 

यो आयोजनाको सुरुवाती चरणमा अनुमानित लागत ८४ करोड रुपियाँ थियो । तर, ५७ करोड ९५ लाख रुपियाँमा ठेक्का लागेर अहिले काम भइरहेको छ । तर, आयोजना सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण नै नभएको आयोजनाको ऋण तिर्न भन्दै इलाम नगरपालिकाले पुरानै आयोजनाको पानीको महसुल दर भने वृद्धि गरेको छ । गत असोज महिनादेखि पुरानो आयोजनाको पानीलाई परीक्षणका लागि भन्दै नयाँ आयोजनाको टङ्की र पाइपलाइनहरु प्रयोग गरेर अहिले नगरपालिकामा पानी सञ्चालन गरिएको छ । यसरी नयाँ आयोजनाको पाइपबाट पानी आउन थालेपछि उपभोक्तालाई पनि नयाँ आयोजनाको पानी आयो भन्ने भ्रम रहेको छ । नयाँ आयोजनाको पाइपलाईनबाट पुरानै आयोजनाको पानी आएपछि परिक्षणकाल भन्दै महसुल उठाउन बन्द गरिएको थियो । 

इलाम नगरपालिकाले गएको माघ–५ मा सम्पन्न कार्यपालिका बैठकबाट खानेपानीको महसुल दर बढाउने निर्णय गरेको थियो । यो निर्णय गरेपछि नगरपालिकाले गएको मङ्सिर महिना देखि यताको महसुल दराको बढेकै अनुसार बिल काटेपछि भने उपभोक्ताहरू अत्तालिएका छन् । अहिले एक उपभोक्ताको मासिक दुई हजार देखि दश हजार रुपियाँसम्म महसुल कायम भएपछि पानी खानुको अर्को पिरलो उपभोक्तालाई छ । 

बुधवार नयाँ आयोजनाकै विषयमा जानकारी दिन उपभोक्ता समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाकै अध्यक्ष विप्लव भट्टराईले पछिल्लो महिनाको तीन हजार छ सय रुपियाँको महसुल बिल आएको बताउनु भयो । ‘उपभोक्ता समिति र आयोजनाका इन्जिनियरहरू भन्छन् मिटर बिग्रिएको छैन, गेट भल्वहरु बिग्रिएका छैनन्, न्यूनतम शुल्क पुरानै छ, अब सर्वसाधारणले कसरी जान्ने के कारणले महसुल बढ्यो ?’ अध्यक्ष भट्टराईले भन्नुभयो । नगरकार्यपालिकाले महसुल बढाउने निर्णय गरेर पनि विरोधका डरले गुपचुपमै राखिदिए पछि उपभोक्तामा भ्रम सृजना भएको हो । 

यता उपभोक्ता समितिका अध्यक्ष समेत रहेका इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने न्यूनतम शुल्क पुरानै कायम गरिएको दाबी गर्नुभयो । तर, थापाले नगर विकास कोषको २० करोड रुपियाँ २० वर्ष भित्र तिर्नुपर्ने हुँदा महसुल बढी भएको बताउनु भयो । आयोजना शुरु हुन अगावै कूल लागतको पाँच प्रतिशत अर्थात् चार करोड १८ लाख रुपियाँ उपभोक्ताले तिरी सकेका छन् । 

नयाँ आयोजना सञ्चालन नै नभई पुरानो आयोजनाको पानीबाटै नगरपालिकाले महसुल वृद्धि गर्दा उपभोक्ता चर्को मारमा परेको उपभोक्ताको गुनासो छ । ‘यसरी नै पानीको पैसा तिर्नुपर्ने हो भने हामी जस्ता श्रमिकले यहाँ नबसे हुने रहेछ ।’ इलाम कुलधाराकी दिलमाया श्रेष्ठले भन्नुभयो । 

यता नगरपालिका स्थित खानेपानी शाखा प्रमुख दीपक गुरागाईँले मङ्सिर, पुस र माघको महसुल कार्यपालिकाले हेरफेर गरेर बढेको दरमै लिइएको बताउनु भयो । नगरपालिकाले माघमा निर्णय गरेर मङ्सिर यता नगरले साबिकमा आठ हजार लिटर वा आठ युनिटसम्मको न्यूनतम महसुल अढाई सय रुपैयाँ लिइरहेको छ । ‘न्यूनतम महसुल बढाइएको छैन त्यसभन्दा माथिको महसुल भने बढाएको छ ।’ गुरागाइले भन्नुभयो । 

नगरपालिका स्थित खानेपानी शाखाका अनुसार आठ देखि दश युनिटसम्मको महशुल दर साबिकमा प्रतियुनिट २५ रुपैयाँ रहेकामा मङ्सिर यता ३५ रुपैयाँ कायम गरिएको छ । १० देखि १५ युनिटसम्म प्रतियुनिट ३० रुपैयाँ रहेकामा बढाएर ४५ रुपैयाँ बनाइएको छ । १५ देखि २० युनिटसम्मको ४० रुपैयाँ रहेकामा ६० रुपैयाँ बनाइएको छ भने २० देखि ३० युनिटको प्रतियुनिट ५० रुपैयाँ रहेकामा बढाएर ७५ रुपैयाँ बनाइएको छ । यस्तै, ३० देखि सय युनिटसम्मको महसुल साबिकमा प्रतियुनिट ५५ रुपैयाँ रहेकामा अहिले बढाएर ८५ रुपैयाँ पुर्याइएको छ । सय युनिटभन्दा माथि प्रतियुनिट ६० रुपैयाँ रहेकामा बढाएर ९० रुपैयाँ बनाइएको छ ।


 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर