नेभिगेसन मेनु

छ जनाकाे मृत्यु, २९ जना घाइते
सम्पादक:南亚网络电视
समय:2023-03-12 16:17

asdg

सिन्धुलीमाढी, फागुन २८ गते । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभीरमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

दुर्घटनामा परी २९ जना घाते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गा जिल्लाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस उक्त ठाउँमा दुर्घटना भएको हो । 

मृतकको सनाखत गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । बसमा चालकसहित ३५ जना सवार थिए । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारीमा छ । बाँकी घाइतेहरुको उद्धार गरी उपचारका लागि खुर्कोट अस्पताल पठाइएको समेत प्रहरी उपरिक्षक सिलवालले जानकारी दिनुभयो । 

यस्तै, बसकाे ब्रेक फेल भएर दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर