नेभिगेसन मेनु

आगलागीबाट नुवाकोटको एक घर जलेर नष्ट
सम्पादक:南亚网络电视
समय:2023-02-27 16:15

IMG-6587

नुवाकोट, फागुन १५ गते । नुवाकोटको बेलकोटगढी नगरपालिका– ८ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिलिङ निवासी विश्वनाथ पुडासैनीको घरमा आज (सोमबार) बिहान आगलागी हुँदा करिब २० लाख बराबरको धनमाल नष्ट भएको जनाइएको छ ।

सोमबार बिहान ५ बजे बेलकोटगढी–८ जिलिङका पुडासैनीको घरमा ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको हुनसक्ने इलाका प्रहरी चौकी देवीघाटले जनाएको छ ।

ग्यास सिलिन्डर पड्किँदा घरमा सल्केको आगोले घर जलेर नष्ट भएको स्थानीय गोकर्ण पुडासैनीले बताउनुभएको छ । दुईतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, सुनसमेत जल्दा करिब २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आगलागी विदुर नगरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयवासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि नियन्त्रणमा लिन लिएको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर