नेभिगेसन मेनु

भण्डारी आमाछोराको उपचार नेपालमा सहज नभएपछि भारत लैजान सिफारिस
सम्पादक:南亚网络电视
समय:2023-02-16 12:44

chandari-bhandari-aama-chora2023-02-16-06-36-01

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । उनलाई मुम्बईस्थित नेस्नल बर्न अस्पताल लैजाने तयारी भइरहेको छ । 

उनको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि  मुम्बई लैजान लागिएको हो । कीर्तिपुर बर्न अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरिसकेको छ ।  भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए। 

उनले भने, ‘उहाँको २५ देखि  ३० प्रतिशत भाग जलेको छ । अवस्था जटिल छ । यहाँको अस्पतालमा उपचार गर्न नसकिने भयो । अस्पतालले पनि थप उपचार गर्न  मुम्बई लैजान रिफर गरेको छ । उहाँलाई मुम्बई लैजाने तयारी भइरहेको छ ।’

घाइते भण्डारीले भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैनन् । परिवारिक सल्लाहपछि जसरी पनि मुम्बई लैजाने निर्णय भएपछि उनलाई जबरजस्ति भएपनि लैजाने तयारी भएको स्वकीय सचिव न्यौपानेले बताए ।  सँगै घाइते भएकी उनको आमाको अवस्था पनि गम्भिर छ । आमाको शरिर ७५ प्रतिशत जलेको छ । आमालाई थप उपचार गर्न अस्पतालले सिफारिस गरेको छैन ।

स्वकीय सचिव न्यौपानेले भने, ‘उहाँको आमा अवस्था जटिल छ । शरिरको ७५ प्रतिशत भाग जलेको छ । उहाँलाई भने अस्पतालले अन्य ठाउँ लैजाने सिफारिस गरेको छैन । उहाँलाई बचाउन नसकिने अस्पतालको भनाई छ ।’

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधवार राती ग्यास सिलिण्डरबाट आगलागी भएको थियो । घटनामा परेर भण्डरीसहित उनकी ८६ वर्षीया आमा गम्भिर घाइते भएका थिए । घटना लगतै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर