नेभिगेसन मेनु

शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको इन्ट्री
सम्पादक:南亚网络电视
समय:2023-02-14 14:19

Capture_IHpT4ckA22

मुम्बई । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ ले अहिले राम्रो व्यवसाय गरिरहेको छ । ‘पठान’को सफलतापछि उनी अहिले शाहरुख फिल्म ‘जवान’ को प्रतीक्षामा छन् ।

फिल्ममा अहिले साउथ सुपरस्टार अल्लु अर्जुन जोडिएका छन् । मिडिया रिपोटका अनुसार अल्लु अर्जुन फिल्मको केमियो भूमिकाको लागि जोडिएका हुन् । अल्लु अर्जुनको यसै फिल्मबाट बलिउड डेब्यु हुनेछ ।

शाहरुख र अल्लु अर्जुन एकसाथ देखिने कुरोले दुबैका फ्यानमा उत्साह बढेको छ । फिल्ममा शाहरुख र अल्लु अर्जुनको सहकार्यले बक्स अफिसमा धेरै रेकर्ड तोड्न सक्छ । यस विषयमा निर्माण युनिट र अल्लु अर्जुन दुबैको तर्फबाट आधिकारिक धारण आउन बाँकी छ ।

‘जवान’को केही अगाडि एक लुक बाहिर आएको थियो । जसमा शाहरुखको अनुहार पुरै ब्याण्डेजले बाँधिएको थियो । एटली कुमारको निर्देशक रहेको यो एक्शन थ्रिलर फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणि र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर