नेभिगेसन मेनु

नातिनीलाई पनि गायिका बनाउने दीपाको चाहना
सम्पादक:南亚网络电视
समय:2023-01-20 14:33

deepa-narayan-jha

काठमाडौं । बलिउडमा समेत त्यत्तिकै चर्चा कमाएकी नेपाली गायिका दीपा नारायण झाले जीवनको अन्तिम सास रहँदा पनि गीत गाईरहने इच्छा रहेको बताएकी छिन् । आफ्नो नयाँ गीतिसँग्रह ‘झिलमिल सितारा’को लोकार्पणको लागि नेपाल आएकी यि गायिकाले बिहिबार राजधानीसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

‘मैले गायनबाटै नेपाली चलचित्र उधोगसँगै बलिउडमा यो सफलता हाँसिल गरेका हुँ र यसमा नेपाली दर्शकहरुको अत्यन्त ठुलो मायासँगै साथ सहयोग छ । मेरो चाहना भनेकै जीवनको अन्तिम सास लिँदासम्म पनि गीत नै गाईरहन पाउँ भन्ने हो ।’ उनले भनिन् ।

दीपानारायणले पहिलो पटक आफु, श्रीमान उदीतनारायण झा र छोरा आदित्य नारायण झाको सँयुक्त स्वरमा नयाँ गीतिसँग्रह ‘झिलमिल सितारा’ श्रोतामाझ ल्याएकी छिन् । सँग्रहमा रहेका ८ वटै गीत आफु श्रीमान र छोरा आदित्यले गाएको उनले बताएकी छिन्,‘हामी तीन जनाको गीत मात्र भएको पहिलो गीतिसँग्रह नै यो हो । हुन त यस अघि हामी तीन जनाले चलचित्र ठुल्दाईमा गीत गाएको भए पनि सँग्रहको रुपमा आधुनिक गीतिसँग्रह भने पहिलो पटक आएको छ ।’ उनले भनिन् ।

दीपाको भनाईमा यो गीतिसँग्रहमा ८ वटा गीत तयार गरेर ल्याउन उनी र संगीतकार आलोक श्रीलाई १२ वर्ष लागेको छ,‘श्रीमान उदितज्यूको व्यस्ताले गीतहरु रेकर्ड गर्न केही समय ढिला भएको हो । तथापि रेकर्ड सुरु गरिएको १२ वर्षमा तयार भएर यो सँग्रह आएको छ र यसका गीतले फेरी एकपटक सुगम सँगीतलाई माथि उठाउने छ ।’

दीपा नारायणको भनाईमा उनले दर्जनौ नेपाली चलचित्रमा उत्कृष्ट गीतहरु गाएकी छिन् । तर श्रीमान उदित नारायण र संगीतकार आलोक श्रीको डेढ दशक अघिको गीतिसँग्रह ‘उपहार’का सबै गीतहरु लोकप्रिय भएपछि दीपालाई पनि आलोकसँग एउटा आधुनिक गीतिसँग्रह तयार गरेर बजारमा ल्याउन मन लाग्यो । १२ वर्ष अघि सुरु गरिएको यो योजना बल्ल सफल भएर बजारमा आएको पनि यी गायिकाले बताएकी छिन् ।

आफु मुम्बईमा बसेर बलिउडमा व्यस्त भए पनि आफ्नो मन नेपालमै रहेको उनले बताएकी छिन् । श्रीमान, छोरा र आफुले आधुनिक नेपाली गीतको नयाँ गीतिसँग्रह अहिले श्रोतामाझ ल्याउन पाउँदा उनलाई निकै खुसी लागेको छ,‘धेरैले तपाईको नयाँ नेपाली गीत आउन छाड्यो भनेर गुनासो गर्नु हुन्थ्यो । त्यो गुनासोलाई अब यो सँग्रहका गीतलाई केही समय मेटने छ ।’ उनले भनिन्,‘म र श्रीमान बलिउड र अन्य विभिन्न गीत गायनमा व्यस्त रहने गरे पनि हाम्रो रोजाई नेपाली गीत नै हुने गरेको छ । हामी र छोराले त नेपाली गीतलाई गाउँदै आएका छौं । अहिले जन्मिएकी नातिनी समेत गाईका भईन भने उनको स्वरमा पनि नेपाली गीत रेकर्ड गराउने मेरो चाहना छ ।’ दीपा नारायणले भनिन् ।

बिहिबार दीपानारायणको यो गीतिसँग्रहलाई सँग्रहका गीतकार एसपी कोईराला सहित अग्रज संगीतकार शम्भुजीत बासकोटालगायतले बिमोचन गरेका थिए । नेपाली चलचित्रको गायनमा आफुलाई स्थापित गर्न शम्भुजीत बासकोटाको ठुलो देन रहेको उनले बताईन्,‘उहाँको सँगीतमा मैले गाएको सबैजसो नेपाली चलचित्रका गीतहरु हिट भएका छन् । आज उहाँको हातबाट मेरो यो नयाँ गीतिसँग्रह रिलिज गर्न पाउँदा यो सँग्रहका गीत पनि त्यत्तिकै सफल हुनेमा विश्वस्त छु ।’ उनले भनिन् । हिजोका दिनमा रेडियो नेपाल देखि चलचित्र गायनमा आउँदासम्म उदित नारायण झा र आफुलाई संगीतकार शम्भुजीतले गरेको योगदानलाई पनि उनले सो क्रममा स्मरण गरिन् ।

बिहिबार बिमोचित सो सँग्रहको हे माया गीतको भिडियो पनि कार्यक्रममा बिमोचन गरियो । अभिनेता यसराज गराचको मुख्य भूमिका रहेको यो गीत निकै राम्रो भएको र भिडियो पनि त्यत्तिकै राम्रो बनेको उनले जिकिर गरिन् । म्युजिक नेपालसँग सहकार्य गरेर ल्याएको यो सँग्रहका सबै गीतहरुको भिडियो एकपछि अर्को गर्दै म्युजिक नेपालबाटै रिलिज हुने पनि यी गायिकाले जनाईन्,‘लामो समयपछि हामी झा परिवार नेपाली सुगम संगीतलाई फेरी माथि उठाउन यो गीतिसँग्रह नै लिएर आएका छौं । नेपाली श्रोताहरुको मायाँ पाईरहेको खण्डमा आउँदा दिनमा हामी अरु थुप्रै गीतिसँग्रह यहाँहरु माझ ल्याउने छौं ।’ उनले भनिन् ।

एक साताको लागि नेपाल आएकी यी गायिकाले गत शुक्रबार मात्र पोखरामा आफ्नो एकल स्वरमा साँगीतिक कार्यक्रम गरेकी छिन् । दुई दिन अघि मात्र नेपाली चलचित्रकर्मीको हितका लागि चलचित्र कल्याणकारी कोषमा पाँच लाख रुपैयाँ प्रदान गरेकी उनी केही गीतहरु आफ्नो स्वरमा रेकर्ड गराएर दुई दिनपछि बल्ल मुम्बई फर्कँदै छिन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर