नेभिगेसन मेनु

तिलक आफैँलाई चित्त नबुझेको ‘के लत बस्यो...’
सम्पादक:南亚网络电视
समय:2023-01-18 15:37

无标题

काठमाडौं । गजलकार डा. प्रदीपकुमार मैनाली केही महिनाअघि तिलकसिंह पेलाकोमा पुगे । संगीतसाधक तिलककोमा मैनालीसँगै पुगेका थिए, गजलकार भोजराज घिमिरे र भुवन बोहोरा । प्रदीपले खोले गजलको डायरी । र, सुनाउन थाले गजल । उनले तीन गजल सुनाएपछि तिलकले भने– मलाई यो गजल मन पर्‍यो । संयोग भनौँ अथवा अरू केही, प्रदीपलाई पनि त्यही गजल मन परेको रहेछ । त्यो गजल हो, अहिले धेरैले मन पराएको– के लत बस्यो...।

तिलक तिनै संगीतसाधक हुन्, जो सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा सुशील गर्तौलालाई लिएर ‘ब्लाइन्ड राउन्ड’मा पुगेका थिए । सुशील भित्र शास्त्रीय संगीतको आलाप लिइरहँदा बाहिरबाट उनको गायकीलाई घोरिएर स्क्रिनमा हेरिरहने तिनै व्यक्ति हुन्, तिलक । जसको गायकीको अहिले संगीतप्रेमीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

भ्वाइस अफ नेपालमा देश–विदेशबाट सुशीलको तारिफ भयो । तिनका पनि गुरु तिलकको कण्ठको जादुको के कुरा ! संगीतका असली शुभेच्छुकको दिलमा उनको स्वरले राज गर्ने नै भयो । गर्‍यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर