नेभिगेसन मेनु

थारू साहित्य सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी
सम्पादक:南亚网络电视
समय:2023-02-06 12:04

Tharu-National-Sahitya-Sammelan_20230206085406 (1)

नेपालगन्ज : सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। थारू लेखक संघ नेपाल र थारू गोचाली समाज नेपाल बाँकेको आयोजनामा बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा गत २०–२२ माघमा आयोजना गरिएको सम्मेलनले थारु, भाषा, साहित्य र संस्कृतिको उत्थान र विकासबारे व्यापक छलफल भएको छ।  

सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा थारू लोक साहित्यका जानकार पुर्खाहरूलाई सम्मान गर्नुका साथै थारु साहित्यका विभिन्न विधाहरूमध्ये कुनै एक विधामा प्रतिष्पर्धा गराएर विजेतालार्ई पुरस्कृत गर्ने र थारू भाषाको विकासका लागि बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिन र सिर्जनशील लेखकलाई प्रोत्साहित गर्न उनीहरूको कृति छपाउन सहयोग गर्ने रहेको छ। 

थारू भाषा, साहित्य, संस्कृति, उन्ननयनका लागि थारु साहित्यिक संघसंस्था, भाषाप्रेमी, लेखक प्रकाशक र सम्पादक एकजुट भएर सहकार्य गर्ने, थारु मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थरुहट क्षेत्रका पालिका र विद्यालयमा पहल गर्ने र राप्तीसोनारीको थारु बहुल विद्यार्थी भएको विद्यालयहरूमा थारू भाषाको पाठ्यक्रममा सिकलसेल एनिमिया तथा थालेसमिया पठनपाठनका लागि समन्वय गर्ने उल्लेख छ।

आगामी आठौं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा २०८० फागुनमा गर्ने निर्णय गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर