
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २१ गते । साउदी अरबका दुई विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
साउदी नागरिक उड्डयन प्राधिकरण ९जीएसीए० को विज्ञप्तिअनुसार हुथीले मंगलबार र बुधबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र आभा अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरेको हो।
जीएसीएका अनुसार आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक मोरक्कन र एक अल्जेरियन मूलका दुई महिलाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन्।
यस्तै रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हमलामा एक सुडानी नागरिकको मृत्यु भयो भने पाँच साउदी नागरिकसहित आठ जना घाइते भएका छन्।
अल जजिराका अनुसार साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर(जनरल तुर्की अल(मालिकीले सुरक्षा फौजले रियादको उत्तरमा एउटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको र साउदी राजधानीमा आक्रमण गर्न प्रयोग गरिएको यमनको राजधानी सानास्थित एउटा प्रक्षेपण मञ्च ९प्लाटफर्म० लाई नष्ट गरेको बताएका छन्।


















