नेभिगेसन मेनु

गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-25 11:57

 

 air-atack

गाजा, मङ्सिर ९ गते । गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।  

गाजाका अस्पतालका चिकित्सा स्रोतका अनुसार गाजा सहरको पूर्वमा अल-तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए)ले जनाएको छ ।

यसैबिच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका  घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको जनाइएको छ । एजेन्सिले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल-तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडी विस्फोट गरिरहेको रिपोर्ट गरेको छ ।

गाजामा युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गाजा पट्टीबाट कब्जा बलहरू फिर्ता तथा उत्तरी गाजामा विस्थापित मानिसको फिर्ती सुरु भएपछि हमास र इजरायली निकाय बिचको युद्धविराम सम्झौता अक्टोबर ११ देखि लागु भएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर