नेभिगेसन मेनु

भियतनाममा अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-21 12:04

 

 vietnam-21112025041717-1000x0

एजेन्सी — सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्रृत गर्दै बीबीसीले जनाएको छ  । घटनामा ५२ हजारभन्दा धेरैजना घरबारविहिन भएका छन् । त्यस्तै, झन्डै ५ लाख परिवार विद्युत अभावमा छन् । 

होइ एन र ना त्राङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हुन् । त्यस्तै सेन्ट्रल हाइल्यान्डका कफी उत्पादन हुने क्षेत्र पनि प्रभावित भएका छन् । यसअघि आँधि चलेकाले यहाँका कृषकले समयमै कफी भित्र्याउन पनि सकेका थिएनन् । सडक तथा पूर्वाधारमा क्षति पुगेपछि सरकारले विभिन्‍न क्षेत्रमा आपतकाल घोषणा गरेर उद्धार कार्यमा टोली खटाएको छ ।

भियतनाममा पछिल्ला केही महिनायता निरन्तर प्रकोपले ठूलो क्षति निम्त्याएको छ । केही समयअघि मात्रै केही साताको अन्तरमा यहाँ दुई शक्तिशाली आँधीले विध्वंश मच्चाएका थिए ।

जनवरीदेखि अक्टुबरसम्मको अवधिमा यहाँ आएका प्रकोपले झन्डै २ अर्ब डलर बराबर क्षति भइसकेको सरकारले अनुमान लगाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर