नेभिगेसन मेनु

मदिना जाँदै गरेका भारतीय मुस्लिम तीर्थयात्री सवार बस दुर्घटना, ४२ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-18 12:14

 

 muslim-tirthayatri-17112025073308-1000x0

काठमाडौँ — साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।

मक्काबाट मदिना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्

मृतकहरुमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् ।

मृतकहरुमा अधिकांश हैदराबादका रहेको बताइएको छ । दुर्घटना मदीनाबाट १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हो । उक्त समय सबै यात्री सुतिरहेको र दुर्घटना हुँदा कसैको पनि ज्यान नजोगिएको बताइएको छ ।

तेलंगाना सरकारले रियादमा भारतीय दूतावासको सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले एक सूचना जारी गर्दै मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग सम्पर्कमा रहेर पीडितहरुको पहिचानका लागि सहयोग गर्न निर्देशन दिएको बताइएको छ ।

जेद्दास्थित भारतीय दूतावासले हेल्पलाइनसमेत जारी गरेको छ । दूतावासले भनेको छ, ‘साउदी अरेबियाको मदीनानजिक भारतीय उमरा तीर्थयात्री सवार बस दुर्घटनालाई मध्येनजर गर्दै जेद्दास्थित भारतीय महावाणिज्य दूतावासले २४ घन्टे कन्ट्रोल रुम बनाएको छ र हेल्पलाइन नम्बर 8002440003 हो।’

यता तेलंगाना सरकारले पनि परिवारका बारेमा जानकारी लिन सचिवालयमा कन्ट्रोल रुम बनाएको छ । पीडित परिवारका सदस्यले 79979-59754 र 99129-19545 मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर